यहुदीहरू लक्षित छुरा प्रहारबाट न्यूयोर्कमा धेरै घाइते



अमेरिकी राज्य न्यूयोर्कमा यहुदीहरूको एक प्रार्थनासभा नजिकैको घरमा थुप्रै मानिसहरूमाथि छुरा प्रहार गरिएको विवरणहरूमा जनाइएको छ।

न्यूयोर्क शहरको उत्तरमा रहेको मोन्सेमा अवस्थित उक्त घर एकजना यहुदी धर्मगुरुको रहेको अर्थोडक्स जुईस पब्लिक अफेयर्स काउन्सील (जेपीएसी)ले जनाएको छ।

कम्तीमा पाँचजना घाइतेलाई अस्पताल पुर्‍याइएको उक्त काउन्सिलले जनाएको छ। ती सबै यहुदीहरू छन्। उनीहरू त्यहाँ खानुखा भनिने यहुदीहरूको एक पर्वको उत्सव मनाउन जुटेका थिए।

हमलाको उद्धेश्य अझै खुलिसकेको छैन र हमलाकारीको पक्राउबारे समेत तत्काल केही स्पष्ट हुन सकेको छैन। न्यूयोर्क प्रहरीको प्रतिआतङ्कवाद एकाईले उक्त क्षेत्रमा खोजतलासी गरिरहेको र घटनालाई नजिकबाट नियालेको बताइएको छ।

न्यूयोर्ककी महान्यायाधिवक्ता लटिसा जेम्सले घृणा फैलाउने यस्ता काममा शून्य सहनसिलता अपनाइने जनाएकी छन्। एउटा ट्वीटमार्फत् जेपीएसीले एकजना घाइतेलाई कम्तीमा छ पटक छुरा हानीएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ

एर्दोगान टर्कीको राष्ट्रपतिमा पुनः निर्वाचित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा

च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर