युरुग्वेमा करिब साढे चार टन कोकिन बरामद



युरुग्वेका अधिकारीहरूले झन्डै साढे चार टन लागुपदार्थ कोकिन बरामद गरेर तस्करहरूलाई त्यहाँको इतिहासमै सबभन्दा ठूलो धक्का पुर्‍याइदिएका छन्।

मन्टेभिडिओको बन्दरगाहमा जलसेना तथा भन्सार अधिकारीहरूले गरेको संयुक्त कारबाहीमार्फत् उक्त कोकिन बरामद गरिएको थियो।

बरामद गरिएको कोकिनको बजारमूल्य करिब एक अर्ब अमेरिकी डलर रहेको अधिकारीहरूले बताएका छन्।

ती कोकिन अफ्रिकी देश टोगोको राजधानी लोममा लैजान ठिक्क पारिएका भटमासको पीठोका डब्बाहरूमा लुकाइएका थिए।

ल्याटिन अमेरिकाबाट लागुपदार्थ अफ्रिका तथा युरोप ओसारपसार गर्न युरुग्वेलाई ‘ट्रान्जीट’ विन्दुको रूपमा उपयोग गर्ने क्रम बढ्दो छ।

योभन्दा अगाडि युरुग्वेमा सबभन्दा धेरै परिमाणमा कोकिन बरामद गरिएको घटना गत नोभेम्बरमा भएको थियो। त्यतिखेर करिब तीन टन कोकिन बरामद गरिएको थियो।

अहिले बरामद गरिएको ४.४ टन परिमाणको कोकिनबारे मन्टेभिडिओका अधिकारीहरूलाई त्यतिखेर कन्टेनरभित्रका सामग्रीबारे अमिल्दा कुरा भेटिएपछि शङ्का लागेको थियो।

जलसेनाका प्रवक्ता डियगो पेरोनाले पत्रकारहरूलाई पहिलो कन्टेनरभित्र इँटा आकारका तीन हजारवटा कोकिनका टुक्रा भेटिएको र ती प्रत्येक इँटा १.१ किलोग्राम तौलको भएको बताए।

ती कन्टेनर इटलीमा दर्ता गरिएको एउटा पानीजहाजमा ‘लोड’ गर्न लागिएका थिए। युरुग्वेका भन्सार निर्देशक जाइमे बोर्गियानीले कोकिन कहाँबाट आएको भन्ने प्रस्ट भइनसकेको बताएका छन्।

तर तिनलाई मङ्गलवार मन्टेभिडिओभन्दा २९० किलोमिटर दक्षिणपश्चिममा रहेको सोरियानोस्थित एउटा ‘र्‍यान्च’ मा ट्रकहरूमा राखेर पठाइएको जानकारी प्राप्त भएको बताइएको छ।

आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले ट्विटरमा उक्त स्थानमा प्रहरीले छापा मारेको र त्यसको मालिक र उनका छोरा पक्राउ परेको जनाएको छ।

त्यहाँबाट नखुलाइएको परिमाणमा अन्य लागुपदार्थ पनि बरामद गरिएको जनाइएको छ।

बोर्गियानीले भने, “महत्त्वपूर्ण कुरा के हो भने विश्वलाई अनि तस्करहरूलाई युरुग्वेको भन्सारसँग खेलाँची गर्न हुँदैन भन्ने सन्देश दिनु हो।”

“हामीले देशलाई यस्ता चीजबाट मुक्त गराउन आवश्यक कदम चालेका छौँ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका