सोमालियामा कार बम विस्फोट हुँदा दर्जनौँको मृत्यु



सोमालियाको राजधानी मोगादिसुको बिहानको व्यस्त समयमा भएको कार बम विस्फोटमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ। सो विस्फोट राजधानीको व्यस्त सडकमा रहेको चेकपोस्टमा भएको थियो।

मदिना अस्पतालका निर्देशक डा मोहम्मद युसुफले अहिलेसम्म आफूहरूले ७३ शवहरू बुझेको एक समाचार संस्थालाई बताएका छन्।

“अहिलेसम्म हामीले ५१ जना मृत मानिसलाई लगेका छौँ,” आमिन एम्बुलेन्स सेवाका अब्दिकादिर अब्दिरहमान हाजी आदेनले समाचार संस्था रोयटर्सलाई भने।

विस्फोटको जिम्मा हालसम्म कुनै समूहले लिएको छैन। सोमालियामा यसअघि यस्ता आक्रमण अल-शबाब समूहले गर्ने गरेको थियो।

अल-कायदासँग सम्बन्धित अल-शबाबले १० वर्षदेखि सोमालियमा विद्रोह गरेको छ र सन् २०११ मा राजधानीबाट धपाइएको भए पनि अन्य केही भागमा यसको नियन्त्रण छ।

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा रक्तपात भएको बताएका छन्। मैले देखेको भनेको छरिएका शवहरू मात्रै हुन्,” विस्फोटको बेला नजिकै रहेका साकारिया अब्दुकादिरले बताए।

सोमालियाका एक सांसद मोहम्मद अब्दिरिजाकले मृत्यु हुनेको सङ्ख्या ९० भन्दा बढि भएको बताएपनि त्यो पुष्टि हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ