उत्तर प्रदेशका २१ जिल्लामा इन्टरनेट सेवा बन्द



भारतको उत्तरप्रदेश राज्यका २१ जिल्लामा इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानुनको विरुद्धमा आन्दोलन चर्किदै गएपछि योगी आदित्यनाथ नेतृत्वको प्रदेश सरकारले इन्टरनेट सेवा बन्द गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सुुरूमा ९ जिल्लामा इन्टरनेट बन्द गरिएकोमा विहीबार मध्यरातबाट थप जिल्लामा इन्टरनेट बन्द गरिएको हो । २१ जिल्लामा इन्टरनेट बन्द शुक्रबार मध्यरात सम्म हुने गृह मामिला सम्बन्धी अतिरिक्त प्रमुख सचिव अभानिष अवस्थीले जनाएका छन् ।

इन्टरनेट ब्लक गरिएका जिल्लामा लखनउ, हापुर, गाजीयावाद, बुलन्दसहर, मेरुत, कानपुर, फिरोजाबाद, बरेली, सहरनपुर, बिज्नोर, रामपुर, अमरोहा, बहराइच, मुजफ्फरनगर, सम्भाल, सम्ली, वाराणसी, अजमगढ,मोरादावाद, आग्रा, अलिगढ लगायतका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ