पार्टी नेतृत्वको चुनावमा ठूलो जित हासिल गरेको इजरेली प्रधानमन्त्रीको दाबी



इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो नेतृत्वलाई चुनौती दिँदै सत्तारूढ लिकुड पार्टीभित्र भएको मतदानमा आफूले ठूलो जित हासिल गरेको दाबी गरेका छन्।

पार्टीका अनुसार मतदान गर्न योग्य एक लाख १६ हजार सदस्यमध्ये करिब ४९ प्रतिशतले बिहीवार मतदान गरेका थिए।

सत्तारूढ पार्टीभित्रको चुनावलाई कठिनाइ बढिरहेका बेला नेतृत्वको परीक्षणको रूपमा हेरिएको थियो। नेतन्याहुले घुस लिएको र भ्रष्टाचार गरेको आरोपमा मुद्दाको सामना गरिरहेका छन्।

साथै एक वर्षभित्र उनले तीन पटक राष्ट्रिय चुनावको सामना गरेका छन्। यसअघि गत एप्रिल र सेप्टेम्बरमा सम्पन्न चुनावमा लिकुड पार्टीले ब्लु एण्ड ह्वाइट पार्टीका तर्फबाट गतिरोधको सामना गर्नुपरेको थियो।

दुवै पार्टीले सरकार बनाउनका लागि आवश्यक बहुमत ल्याउन सकेनन्। स्थानीय समय अनुसार बिहीवार राति ११ बजे पार्टीभित्रको मतदान सकिएपछि एउटा ट्वीट गर्दै नेतन्याहुले आफू विजयी भएको दाबी गरेका हुन्। यद्यपि औपचारिक नतिजा शुक्रवार सखारै आउने अपेक्षा गरिएको छ।

हिब्रु भाषामा गरेको ट्वीटमा उनले भनेका छन्, “ईश्वरको र तपाईँहरूको सहयोगले ठूलो जितसहित आगामी निर्वाचनमा मैले लिकुड पार्टीको नेतृत्व गर्नेछु। र, अभूतपूर्व उपलब्धिहरू हासिल गर्नका निम्ति इजरेल राज्यको नेतृत्वलाई निरन्तरता दिनेछु।”

बिहीवार खराब मौसमका कारण कम मतदाता सहभागी भइरहँदा नेतन्याहुले फेसबुक लाइभमार्फत् पार्टीका मतदाताहरूलाई घरबाट निस्कन र मतदान गर्न आह्वान गरेका थिए।

जेरुसलेमस्थित बीबीसी संवाददाता बारबरा प्लेट अशर भन्छिन्, हुन तर नेतन्याहु आरामदायी ढङ्गले विजयी हुने अपेक्षा गरिएको थियो, तर पार्टीमाथि आफ्नो पकड अझै बलियो रहेको देखाउन भोक-तिर्खा केही नभनी उनी चुनावी प्रचारप्रसारमा खटिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका

घूस लिएको आरोपमा रूसी उपरक्षामन्त्री पक्राउ

रूसका दिवंगत विपक्षी नेता एलेक्सी नाभाल्नीको टोलीले गरेको अनुसन्धानले भ्रष्टाचार गरेको आरोप लगाएको

फिलिपिन्समा  गर्मीका कारण ६ जनाको मृत्यु

  फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशत

  अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव छ प्रतिशतमा झरेको अस्ट्रेलियन ब्युरो अफ