क्यासिनो संचालकसँग घुस लिएको आशङ्कामा जापानी सांसद पक्राउ



जापानमा सत्तारूढ दलका एक सांसदलाई एक जुवाखाल सञ्चालकबाट ३४ हजार डलर घूस लिएको शङ्कामा पक्राउ गरिएको छ।

अक्टोबरसम्म प्रधानमन्त्री शिन्जो आबेको मन्त्रिपरिषद्का एक सदस्यको रूपमा सुकासा आकिमोतोले क्यासिनो सञ्चालनसम्बन्धी सरकारी योजनाको जिम्मा सम्हालेका थिए।

ती ४८ वर्षीय सांसदले आफूले कुनै गल्ती नगरेको र कसैलाई फाइदा पुर्‍याउनेगरी काम नगरेको बताए।

संवाददाताहरूका अनुसार उनी पक्राउ परेपछि प्रधानमन्त्री आवेको विवादास्पद क्यासिनो नीतिमा झन् जटिलता थपिदिनेछ।

आकिमोतोले क्यासिनो खोल्न खोजिरहेको एक नाम नखुलाइएका सञ्चालकका तीन कर्मचारीबाट पैसा लिएको आरोप अभियोजनकर्ताहरूले लगाएका छन्। ती तीन कर्मचारीलाई पनि बुधवार पक्राउ गरिएको छ।

आकिमोतो पक्राउ परेको केही घण्टामै उनी सम्बद्ध रहेको लिबरल डेमोक्र्याटिक दलका अर्का सांसद ताकाकी सिरासुकाको कार्यालयमा पनि सोही विवादका सन्दर्भमा अधिकारीहरूले खानतलासी गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

जापानको सुस्ताएको अर्थतन्त्रलाई क्यासिनो खुलाउँदा सघाउ पुग्ने सरकारको भनाइ छ। सन् २०१६ मा वर्षौँको बहसपश्चात् जापानको संसद्ले होटल तथा सभासम्मेलन आयोजनस्थलहरूभित्र क्यासिनो सञ्चालन गर्न दिने पक्षमा मत दिएको थियो।

जापानी समाजमा जुवालाई राम्रो मानिँदैन। मतसर्वेक्षणहरूमा अधिकांश मानिस क्यासिनो खोल्ने कुराको विरोधमा रहेको पाइएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाईल्याण्डसँगको सीमा सहरमा म्यान्माका सेना र जातीय समूहबीच भिडन्त

  एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच थाइल्यान्डको सीमा नजिकैको

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

  अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका छन् । भ्रमणका

दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता