नर्वेका राजाका पूर्व ज्वाइँले गरे आत्महत्या



नर्वेका राजा हराल्डका पूर्व ज्वाईँले आत्महत्या गरेका छन्। लेखक समेत रहेका राजकुमारी मार्था लुइसका पूर्वपति अरी बेहनले आत्महत्या गरेका हुन्। तीन छोरीका आमा बाबु दुवैको १५ वर्ष लामो वैवाहिक जीवन सन् २०१७ मा टुंगिएको थियो अर्थात उनीहरुले २ वर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए।

अरीको निधनमा नर्वेका राजा–रानीले वक्तव्य जारी गर्दै निधनप्रतिदुःख व्यक्त गरेका छन्। उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख छ। डेनमार्कमा जन्मिएका अरी र मार्थासँग २००२ मा विवाह बन्धनमा बाँधिका थिए। अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि दुवैबीच विवाद बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका