नर्वेका राजाका पूर्व ज्वाइँले गरे आत्महत्या



नर्वेका राजा हराल्डका पूर्व ज्वाईँले आत्महत्या गरेका छन्। लेखक समेत रहेका राजकुमारी मार्था लुइसका पूर्वपति अरी बेहनले आत्महत्या गरेका हुन्। तीन छोरीका आमा बाबु दुवैको १५ वर्ष लामो वैवाहिक जीवन सन् २०१७ मा टुंगिएको थियो अर्थात उनीहरुले २ वर्ष अघि सम्बन्ध विच्छेद गरेका थिए।

अरीको निधनमा नर्वेका राजा–रानीले वक्तव्य जारी गर्दै निधनप्रतिदुःख व्यक्त गरेका छन्। उनी लामो समय राजपरिवारको महत्वपूर्ण सदस्य रहेको र उनको स्मृति जहिले पनि राम्रो व्यक्तिका रुपमा रहने वक्तव्यमा उल्लेख छ। डेनमार्कमा जन्मिएका अरी र मार्थासँग २००२ मा विवाह बन्धनमा बाँधिका थिए। अरीले लस भेगासमा लागुऔषध लिँदै गरेकी यौनकर्मी महिलासँग पार्टी गर्दै गरेको भिडियो सार्वजनिक भएपछि दुवैबीच विवाद बढेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टोकियोमा मार्च २१ सम्म सङ्कटकाल

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ । प्रधानमन्त्री योशिहिडे

जर्मनीले उर्जा कम्पनीलाई २.४ अर्ब यूरो क्षतिपूर्ति दिने

जर्मनीले ऊर्जा कम्पनीहरूलाई २.४ अर्ब युरो बराबरको क्षतिपूर्ति दिने घोषणा शुक्रबार गरेको छ

अफगानिस्तानमा भएका हिंसात्मक आक्रमणमा ९० जनाको मृत्यु

अफगानिस्तानमा पछिल्लो २४ घण्टायता भएका हिंसामा परी कम्तीमा ९० जनाको मृत्यु भएको छ

पोप फ्रान्सिस इराक भ्रमणमा

इसाई धर्मगुरु पोप फ्रान्सिस रोमबाट शुक्रबार इराक प्रस्थान गरेका छन् । कोरोनाभाइरसको संक्रमण