अफगानिस्तानको शान्ति समूहका २७ सदस्य तालिवानको अपहरणमा



अफगानिस्तानका स्थानीय अधिकारी र अधिकारकर्मीहरूले एउटा शान्ति समूहका २७ जना सदस्य तालिवानको अपहरणमा परेको बताएका छन्।

पिपल्स पिस मुभमेन्ट (पीपीएम) को र्‍याली पश्चिमी अफगानिस्तान पुगेका बेला उसका सदस्य सम्पर्कविहीन भएका हुन्। तालिवानले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

पीपीएमले युद्धविरामको माग गर्दै दुई साताअघि हेरात प्रान्तबाट आफ्नो र्‍याली सुरु गरेको थियो। तर फराह प्रान्तमा प्रवेश गरेपछि ती २७ जना हराएको बताइएको छ।

तालिवान अमेरिकासँगको शान्तिवार्तामा संलग्न छ। तर उसले अफगान र अफगानिस्तानमा रहेका अन्तर्राष्ट्रिय फौजहरूमाथि बारम्बार आक्रमण गरिरहेको छ।

फराह प्रान्तका उपप्रमुख मसुद बख्तवारले बताए अनुसार छ वटा कारमा यात्रा गरिरिहेका ती अभियानकर्ताहरूलाई मुख्य सडकमा तालिवानले रोके र अज्ञात स्थानतर्फ लिएर गए।

एउटा कार बम हमलामा १७ जना सर्वसाधारण मारिनुका साथै ५० जना घाइते भएपछि सन् २०१८ को प्रारम्भदेखि हेलमन्ड प्रान्तबाट हिंसात्मक आक्रमणहरूविरुद्धको उक्त शान्ति र्‍याली सुरु भएको हो।

त्यसयता उक्त समूहले देशका अन्य भागहरूको यात्रा गरेको छ। जसमा धेरैजसो तालिवान नियन्त्रित क्षेत्रहरू पनि परेका छन्। तालिवानले यसअघि उक्त समूहमाथि अफगान सरकारको लगानी रहेको आरोप लगाएको थियो, जुन कुरा पीपीएमले अस्वीकार गरेको छ।

सन् २०११ यता अफगानिस्तानमा दशौँ हजार सर्वसाधारण र सुरक्षाकर्मीहरू अनि तीन हजारभन्दा धेरै अन्तर्राष्ट्रिय सैनिकको ज्यान गइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’