पोप फ्रान्सिसद्वरा क्रिस्मस पर्वको समारोह शुरू



“ईश्वरले हामीमध्येका नराम्रासहित” सबैलाई माया गर्ने भन्दै क्याथोलिक इसाईहरूका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले क्रिस्मस पर्वको समारोह शुरू गरेका छन्।

भ्याटिकन सिटीस्थित सेन्ट पिटर्स बासिलिकामा क्रिस्मसको पूर्वसन्ध्यामा आयोजित समारोहमा भेला भएका मानिसहरूलाई उनले सम्बोधन गरेका थिए।

“तपाईँहरूले गलत विचार गरेको हुन सक्छ, तपाईँहरूले पूरै अस्तव्यस्तता निम्त्याएको हुन सक्छ, तथापि ईश्वरले माया जारी राख्नुहुन्छ,” आर्जेन्टिनी पोपले भने। यसलाई धेरैले गिर्जाघरमा हुने गरेका यौन दुराचारसहितका काण्डसँग जोडेर हेर्न सक्ने बताउँछन्।

क्रिस्मसको दिन पोप फ्रान्सिस सेन्ट पिटर्स बासिलिका फर्कने छन् जहाँबाट उनले विश्वलाई पोपबाट दिइने परम्परागत सन्देश दिने छन्। गत हप्ता पोपले पादरीहरूको गोपनीयतासम्बन्धी एउटा नियममा महत्त्वपूर्ण परिवर्तन ल्याएका थिए।

पादरीहरूबाट हुने बाल यौन दुराचारका घटनालाई बाहिर आउनबाट रोक्ने नियम उनले हटाइदिएका थिए। पीडितको गोपनीयता र आरोपितको प्रतिष्ठाको विषय अघि सार्दै त्यस्ता घटनाहरूलाई गिर्जाघरले विगतमा ढाकछोप गर्थ्यो।

तर पोपका नयाँ दस्तावेजहरूले यौन दुर्व्यवहारका घटना बाहिर ल्याउने अथवा पीडित व्यक्तिलाई त्यस्ता कुरा बताउनमा लगाइएका प्रतिबन्ध फुकुवा गरिदियो।

पादरीहरूबाट भएका हजारौँ यौन दुराचारका घटना र त्यसलाई ढाकछोप गर्ने वरिष्ठ धर्मगुरुहरूको प्रयासका कारण विश्वभरि गिर्जाघर विवादमा पर्दै आएका छन्।

नेतृत्व प्रदान गर्न तथा यो सङ्कटसँग जुझ्ने प्रभावकारी समाधान दिन भन्दै पोप फ्रान्सिसले गम्भीर दबावको सामना गरेका छन्। भ्याटिकन सिटीमा आयोजित समारोहमा भेनेजुएला, इराक र युगाण्डासहितका बालबालिका पनि सहभागी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इथियोपियामा द्वन्द्वका कारण ५० हजारभन्दा बढी विस्थापित

  उत्तरी इथियोपियाको एउटा विवादित क्षेत्रमा भएको झडपका कारण ५० हजारभन्दा बढी मानिस

‘टेक्नो एआई एकीकृत’ स्मार्टफोन बङ्गलादेशमा लन्च

चिनियाँ मोबाइल फोन निर्माता कम्पनी टेक्नोले आफ्नो ग्राउन्डब्रेकिङ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अपरेटिङ सिस्टम

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० जनाको मृत्यु

  मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा 

चीनमा पुलमा पानीजहाज ठोक्किँदा चार जना बेपत्ता

  दक्षिण चीनको गुआङडोङ प्रान्तवको फोसान सहरमा सोमबार राति एउटा जहाज पुलसँच ठोक्किँदा