चीनमा क्रिसमस प्रतिबन्ध



चिनियाँ अधिकारीले यसवर्ष क्रिसमसका सबै कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । स्थानीय अधिकारीहरुले जारी गरेको सूचनाअनुसार, सरकारी कर्मचारीले सार्वजनिक क्रिसमस प्रदर्शन र उत्सव समारोहको बारेमा आफूभन्दा उच्च पदमा सूचित गराउनु पर्नेछ ।

क्रिसमससम्बन्धी कुनै सामाग्री बेच्नेलाई पनि प्रतिबन्ध लगाइएको छ । यसलाई चिनियाँ राष्ट्रपति सिन चिन फिङको धर्म र विदेशी संस्कृतिविरुद्ध लडाई अभियानको रुपमा हेरिएको छ । क्रिसमसलाई स्थिरता कायम राख्ने नाममा र सामाजिक अशान्तिलाई हटाउने नाममा प्रतिबन्ध लगाइएको हो । जुन चिनियाँ सरकारको लागि ठूलो महत्वको विषय हो ।

संसारको सबैभन्दा धेरै जनसंख्या भएको चीनमा इसाइ धर्म मान्नेको संख्या ५ प्रतिशत मात्र छ । तर त्यसले गैर इसाइलाई रमाइलो गर्न र पैसा खर्च गर्न रोक्दैन । हुनान प्रान्तमा केही अन्डरग्राउन्ड चर्च बन्द गरिएको छ ।

लाङफाङका अधिकारीले जारी गरेको सूचनाअनुसार, क्रिसमससँग सम्बन्धीत सामग्रीहरु जस्तै क्रिसमस ट्री, टोपी, पुष्पहार, मोजा र सान्टा क्लज बेच्ने र किन्ने दुबैलाई सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी विनिमय सञ्चितिमा सात करोड

इन्डिगोले एयरबससँग ३० वटा जेट विमान खरिद गर्ने

भारतीय वायुसेवा कम्पनी इन्डिगोसँग ३० वटा ए–३५० लामो दूरीका जेट विमान खरिद गर्न

युद्धविरामको लागि बन्धक रिहा गर्न हमाससँग १८ देशको आग्रह

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका

तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका