बोइङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत बर्खास्त



अमेरिकी अग्रणी विमान निर्माता कम्पनी बोइङले आफ्ना प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गलाई पदबाट हटाएको छ।

प्रमुख कार्यकारी अधिकृतलाई पदबाट हटाउनुलाई कम्पनीका निर्देशकहरूले “संस्थामा आत्मविश्वास पुनर्स्थापित गर्न आवश्यक” कदम भनेका छन्।

निकै विक्री हुने गरेका बोइङ कम्पनीको ७३७ म्याक्स मोडलका विमान दुईवटा घातक दुर्घटनामा परेपछि प्रमुख कार्यकारी अधिकृत डेनिस मालनबर्गले दबाव झेल्दै आएका थिए। दुर्घटनामा परी ज्यान गुमाएका यात्रुका परिवारहरूले पछिल्लो परिवर्तनलाई “एउटा राम्रो कदम” भनेका छन्।

यद्यपि मालनबर्गको ठाउँमा ल्याइएकाप्रति उनीहरूले आशङ्का व्यक्त गरेका छन्। ग्राहकसम्म विमान पुर्‍याउन हतार गर्ने भन्दै अमेरिकी सांसदहरूले बोइङमाथि सुरक्षाभन्दा मुनाफामा ध्यान दिएको आरोप लगाएका छन्।

बोइङले हाल कम्पनीका अध्यक्ष रहेका डेविड काल्हूनलाई प्रमुख कार्यकारी तथा सभापतिमा नियुक्त गरेको छ। उनी सन् २००९ देखि कम्पनीको बोर्डमा रहिआएका छन्। काल्हूनले ज्यानुअरी १३ तारिखदेखि नयाँ जिम्मेवारी सम्हाल्ने छन्।

इण्डोनेशिया र इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो।

मार्चमा इथियोपियन एअरलाइन्सको दुर्घटनामा श्रीमती, तीन सन्तान र सासु गुमाएका पल नोरोगेले भने, “मालनबर्गको राजीनामा राम्रो दिशातर्फको एउटा कदम भए पनि कम्पनीले आफ्नो कर्पोरेट शासनमा आमूल परिवर्तन ल्याउन जरुरी छ।”

इथियोपियन एअरलाइन्सकै दुर्घटनामा बुवा गुमाएकी जिरोरा कुरिआको विचारमा मालनबर्गले “धेरै पहिला” राजीनामा दिइसक्नुपर्थ्यो।

मालनबर्गले पहिलो पटक सन् १९८५ मा बोइङ कम्पनीमा जागिर पाएका थिए। सन् २०१५ मा प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्नुअघि उनले बोइङको प्रतिरक्षा, अन्तरिक्ष तथा सुरक्षा विभागको नेतृत्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीन र अमेरिकाबीचको मतभेदको उचित व्यवस्थापन गर्नुपर्छ : चिनियाँ रक्षामन्त्री

चिनियाँ रक्षामन्त्री ली शाङफुले चीन र संयुक्त राज्य अमेरिकाले मतभेद र जटिल कठिनाइको

चीनमा पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु, पाँच बेपत्ता

चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तको लेशान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै

खैबर पख्तुनख्वामा भएको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु

पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको