कमिज चोरको आरोप लागेपछि आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले दिए राजीनामा



आर्जेन्टिनाका लागि मेक्सिकोका राजदूतले चोरीसम्बन्धी नयाँ आरोप लागेपछि पदबाट राजीनामा दिएका छन्।

यसअघि पसलबाट एउटा पुस्तक किन्न खोजे जस्तो गरी चोर्ने प्रयास गरिरहेको उनको भिडिओ सार्वजनिक भएको थियो।

सतहत्तर वर्षीय रिकार्डो भलेरोले स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन्। मेक्सिकोका विदेशमन्त्रीले भलेरोको स्नायुरोगसम्बन्धी उपचार भइरहेको बताएका छन्।

पैसा नतिरी ब्वेनस आइरिजस्थित एउटा पसलबाट पुस्तक लग्दै गरेको सीसीटीभीमा देखिएपछि यसै महिना उनलाई फिर्ता बोलाइएको थियो।

अहिले आएर उनीमाथि विमानस्थलमा रहेको एउटा पसलबाट कमिज चोर्ने प्रयास गरेको आरोप लागेको छ। गत अक्टोबर महिनामा एल एटिनिओ ग्र्यान्ड स्प्लेन्डिडको दराजबाट एउटा पुस्तक टिपेर पसलबाट निस्किन लाग्दा त्यो पुस्तक पत्रिकामा बेरिएको पाइएपछि त्यसबारे समाचार प्रकाशित भएको थियो।

दश अमेरिकी डलर पर्ने त्यो पुस्तक जाकोमो कासानोभाको आत्मवृत्तान्त भएको बताइन्छ। इटालीका जाकोमो १८ औँ शताब्दीका लेखक, सैनिक र साहसिक कामका लागि परिचित गुप्तचर थिए। घटनापछि राजदूत भलेरोले कूटनीतिक उन्मुक्तिका लागि अपील गरे र त्यो मुद्दालाई अगाडि बढाइएन।

तर त्यससम्बन्धी भिडिओ सार्वजनिक भएपछि मेक्सिकोको विदेश मन्त्रालयले उनलाई फिर्ता बोलायो। पछिल्लो पटक भलेरोले मेक्सिकोका लागि विमान चढ्नुअघि ब्वेनस आइरिजको एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलबाट एउटा कमिज चोर्न खोजेको आरोप लागेको छ।

मेक्सिकोको विदेश मन्त्रायले आइतवार उनको राजीनामा स्वीकृत गरेको हो। मेक्सिकोका विदेशमन्त्रीले आफ्नो ट्विटरमा लेखेका छन्, “रिकार्डो भलेरो एक महान् व्यक्ति हुन्, उनी स्नायुसम्बन्धी समस्याको उपचार गराइरहेका छन् र म उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु।”

ब्रेन ट्यूमर भएर बाँच्न सफल भएका भलेरोको आनीबानीलाई चिकित्सकहरूले सन् २०१३ देखि नै नियाल्दै आएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

बेरुत । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी

खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु

गाजा  । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : ह्यारिस

पेन्सिलभेनिया, अमेरिका । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी

फिलिपिन्समा ‘ट्रामी’ आँधीका कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

मनिला । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६