भाजपाद्वारा झारखण्डमा पराजय स्वीकार



भारतको सत्ताधारी भारतीय जनता पार्टी (भाजपा) ले पूर्वी राज्य झारखण्डमा भएको विधान सभा चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्ड मुक्ति मोर्चा र उनको गठबन्धनलाई बधाई दिँदै शुभकामना दिएका छन्। उनले ट्वीट गर्दै आफ्नो दललाई ‘सेवा गर्न दिएकोमा झारखण्डका जनतालाई धन्यवाद’ दिए।

भाजपा अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले पनि जनादेशको सम्मान गर्ने बताएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, “भाजपालाई पाँच वर्षसम्म प्रदेशको सेवा गर्ने जो अवसर दिइएको थियो, त्यसको निम्ति हामी जनताप्रति आभार व्यक्त गर्छौँ।”

निर्वाचन आयोगका अनुसार मुख्य विपक्षी भारतीय कांग्रेस पार्टी र झारखण्ड मुक्ति मोर्चा सहितको गठबन्धनले ८१ सीटमध्ये बहुमतमा अग्रता लिइरहेको छ। परिणाम घोषणा भएको सात सीटमा तीनवटा जित्दै भाजपा २५ सीटमा अगाडि छ।

सरकारले ल्याएको नागरिकता सम्बन्धी नयाँ कानुनविरुद्ध देशव्यापी रूपमा जारी विरोधकाबीच मतदान भएकाले चुनावी परिणामलाई महत्त्वपूर्ण मानिएको छ।

भाजपाका मुख्यमन्त्री रघुबर दास मतगणनामा पार्टीकै विद्रोही उम्मेदवार सरयू रायभन्दा साढे चार हजार मतले पछि परेको बताइएको छ।

आलोचकहरूले मुस्लिम विरोधी ठान्ने गरेको कानुनले निम्त्याएको विरोध प्रदर्शनका क्रममा १० दिनसम्म भएका झडपहरूमा कम्तीमा २० जनाको मृत्यु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भाजपाले यो वर्षको सुरुमा भएको संसदीय चुनावमा अपार बहुमतले विजयी भएको थियो।

तर विधान सभा चुनावमा उसको निकै कमजोर प्रदर्शन देखिएको छ। यसअघि भाजपाले अक्टोबर महिनामा हरियाणामा भएको विधान सभा चुनावमा बहुमत गुमाएको थियो।

त्यस्तै महाराष्ट्रमा क्षेत्रीय सहयोगी शिव सेनासँगको सम्बन्ध टुटेपछि सरकार बनाउन विफल भएको थियो। झारखण्डमा स्थानीय मुद्दामा चुनावी भिडन्त भए पनि भाजपाको नीतिहरूका कारण उसलाई धक्का लागेको ठानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जापानमा भाङ उत्पादनलाई कानुनी मान्यता

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ 

साउदी अरबको बजेट घाटा हुने प्रक्षेपण

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४

विद्युतीय सवारी साधनको बिक्रीका लागि कर वृद्धिमा तीन वर्ष ढिलाई गर्ने प्रस्ताव

ब्रसेल्सले बेलायत र युरोपेली सङ्घ (ईयू) बीच जनवरीदेखि लागु हुने गरी विद्युतीय सवारी

चीनले ल्यायो नयाँ पुस्ताको सुपर कम्प्युटर

  चीनले नयाँ पुस्ताको सुपरकम्युटिङ प्रणाली ‘तिहान्ये जिङ्गी’ ल्याएको छ । यसमा कम्प्युटिङ