पत्रकार जमाल खसोग्गी हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड दिने साउदी अदालतको फैसला



साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन्।

सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो।

साउदी अरेबियाले सुरुमा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि खशोग्जीको हत्यामा सत्तारुढ राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो। संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थियो।

उनी एक चर्चित पत्रकार हुन्, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे। तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाले युक्रेनलाई गोप्य रूपमा लामो दूरीमा प्रहार गरिने क्षेप्यास्त्र दियो

बीबीसी । अमेरिकाले गोप्य रूपमा पठाएका लामो दूरीसम्म प्रहार गर्न सकिने क्षमताका बलिस्टिक

रफाहमा हमासविरूद्धको कारबाहीलाई अघि बढाइरहेको इजरायलको दाबी

  इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान

बाइडनद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर

वासिङ्टनले केही घण्टाभित्रै किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका