पत्रकार जमाल खसोग्गी हत्यामा संलग्न पाँच जनालाई मृत्युदण्ड दिने साउदी अदालतको फैसला



साउदी अरबको एउटा अदालतले पत्रकार जमाल खशोग्जीको हत्यामा संलग्न भएको ठहर गर्दै पाँच जनालाई मृत्युदण्डको फैसला सुनाएको सरकारी अभियोजनकर्ताले बताएका छन्।

सन् २०१८ को अक्टोबर २ मा साउदी सरकारका आलोचना गर्ने पत्रकार जमाल खशोग्जीको टर्कीको राजधानी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो।

साउदी अरेबियाले सुरुमा संलग्नता अस्वीकार गरेपनि ठूलो अन्तर्राष्ट्रिय दबाबपछि खशोग्जीको हत्यामा सत्तारुढ राजपरिवारको संलग्नतालाई अस्वीकार गर्दै हत्या ‘छाडा एजेन्टहरूले गरेको’ आरोप लगाएको थियो। संयुक्त राष्ट्रसङ्घका एक अनुसन्धानकर्ताले उक्त घटनालाई ‘राज्यद्वारा गरिएको हत्या’ को सङ्ज्ञा दिएका थियो।

उनी एक चर्चित पत्रकार हुन्, जसले अफगानिस्तानमा सोभियत संघको अतिक्रमणदेखि ओसामा बिन लादेनको उदयसम्मका विषयमा कैयौँ साउदी समाचार संस्थाका लागि समाचार लेखे।

दशकौँसम्म उनी साउदी राजपरिवारको निकट रहे र सरकारको सल्लाहकारका रूपमा पनि उनले काम गरे। तर पछि उनले राजपरिवारको विश्वास गुमाए र गत वर्ष उनी अमेरिकामा निर्वासनमा गए।

त्यहाँबाट उनले अमेरिकी पत्रिका द वाशिङ्टन पोस्टका लागि मासिक स्तम्भ लेख्न थाले, जसमा उनले साउदी राजकुमार मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गरे।

आफ्नो पहिलो स्तम्भमा खशोग्जीले विरोधी स्वरमाथि दमन गर्न लागेका राजकुमार मोहम्मदले गिरफ्तार गराउन सक्ने आशङ्का व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेजोसकी पूर्वपत्नी मकेन्जीले गरिन् विज्ञान शिक्षकसँग विवाह

अमेजनका संस्थापक जेफ बेजोससँग सम्बन्धविच्छेद गरेको दुई वर्षपछि अर्बपति मकेन्जी स्कटले आफ्नो छोराछोरीको

दुई महिनापछि फेरि खुले इङ्ग्ल्यान्डमा विद्यालय

इङ्ग्ल्यान्डका लाखौँ विद्यार्थी दुई महिनाभन्दा लामो लकडाउनपछि सोमबारदेखि विद्यालय जान थालेका छन् ।

दक्षिण कोरिया र अमेरिकाबीच सैनिक खर्चमा सहमति

दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियाली द्वीपमा रहेका अमेरिकी सेनाका लागि हुने खर्चमा

शृङ्खलाबद्ध विस्फोटमा परी इक्वटोरीअल गिनीमा कम्तीमा १५ जनाको मृत्यु

पश्चिम अफ्रिकी देश इक्वटोरीअल गिनीमा भएका शृङ्खलाबद्ध विस्फोटनहरूमा परी कम्तीमा १५ जनाको ज्यान