ट्रम्पले युक्रेनलाई दिइने सहयोग रोक्न निर्देशन दिइएको खुलासा



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत जुलाइमा आफ्ना युक्रेनी समकक्षीसँग टेलिफोन वार्ता गरेको मात्र ९१ मिनेटपछि ह्वाइट हाउसले युक्रेनलाई दिइने सहायता रोक्का गर्न भनेको एउटा इमेलबाट खुलासा भएको छ।

टेलिफोन वार्तामा ट्रम्पले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्द्वी जो बाइडेनविरुद्ध अनुसन्धान गर्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आग्रह गरेका थिए।

डोमोक्र्याटहरू भन्छन्: राष्ट्रपति ट्रम्पले पदको दुरुपयोग गरेको कुरा त्यसले देखाउँछ। त्यो महत्त्वपूर्ण टेलिफोन कुराकानी शक्तिको दुरुपयोगमा एउटा मुख्य हिस्साको रूपमा रहेको छ जसमाथि टेकेर ट्रम्पविरुद्ध तल्लो सदनमा महाभियोग लगाइयो।

गोप्य जानकारी खुलासा गर्ने एक अमेरिकीले त्यो कुराकानी सुनेपछि चासो व्यक्त भएको थियो र त्यसले महाभियोग प्रक्रियालाई अगाडि बढायो।

गत बुधवार हाउस अफ रेप्रेजेन्टेटिभ्सले औपचारिक रूपमा ट्रम्पविरुद्ध महाभियोग लगायो। तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनहरूको नियन्त्रण रहेकोले ट्रम्प पदबाट हट्ने सम्भावना देखिँदैन।

हालै सार्वजनिक भएको इमेल अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मुद्दामा एउटा अदालतको आदेशपछि सेन्टर फर पब्लिक इन्टिग्रिटीले पाएको छ।

ट्रम्पले जेलेन्स्कीसँग कुराकानी गरेको ९१ मिनेटपछि ह्वाइट हाउसका वरिष्ठ अधिकारी माइक डफेले युक्रेनलाई दिने गरिएको सहायता रोक्का गर्ने विषयमा सम्पर्क गरेको इमेलले देखाउँछ।

टेलिफोन कुराकानीबारे खुलासा भएपछि ह्वाइट हाउसले त्यसको ट्रान्सक्रिप्ट अर्थात् लिखित स्वरूप सार्वजनिक गरेको थियो। ट्रान्सक्रिप्ट अनुसार ट्रम्पले जेलेन्स्कीलाई सहयोग गर्न आग्रह गर्दै जो बाइडनविरुद्ध अनुसन्धान चलाउन भनेका थिए।

बाइडन सन् २०२० को राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रमुख प्रतिद्वन्द्वी हुन्।ट्रम्पले एउटा युक्रेनी ऊर्जा कम्पनीमा काम गरेका बाइडनका छोरा हन्टर बाइडेनविरुद्ध पनि अनुसन्धान चलाउन आग्रह गरेका थिए।

अमेरिकी माथिल्लो सदन सिनेटमा प्रतिनिधित्व गर्ने एक प्रमुख डेमोक्र्याट चक सुमरले युक्रेनलाई दिइने सैनिक सहयोग रोक्का गर्न आदेश दिइएको इमेललाई ‘विस्फोटक’ भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
साउदी अरेबियाद्वारा इरानमा इजरायलको आक्रमणको निन्दा

  रियाद । सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी रहेको

इजरायली आक्रमणको बदला लिने इरानको चेतावनी

तेहरान । इजरायलले शुक्रबार इरानमाथि हवाई आक्रमणको शृङ्खला सञ्चालन गर्दै तेहरानका आणविक र

इजरायली आक्रमणमा इरानको रिभोलुशनरी गार्डका प्रमुख होसेन सलामको मृत्यु

बीबीसी । इजरायलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरायली डिफेन्स फोर्सले बताएको छ

‘एयर इन्डियाको विमान दुर्घटनाले नागरिक उड्डयन क्षेत्रमा सन्नाटा’

काठमाडौं । भारतमा भएको भयानक विमान दुर्घटनाले विश्व हवाई क्षेत्रलाई स्तब्ध बनाएको छ