होन्डुरसमा कैदीबन्दी बीच झडप हुँदा १८ जनाको मृत्यु, १६ घाइते



जेलभित्र भएको झडपमा परी होन्डुरसमा कम्तीमा १८ जना कैदी मारिएका छन् । कैदी कैदीका बीचमा भएको झडपमा परी अरू १६ जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी बन्दरगाह शहर तेलामा रहेको कारागारमा शुक्रबार कैदीहरूका बीचमा झडप भएको जनाइएको छ । घटनास्थल राजधानी तेगुसिगाल्पादेखि १९० किलोमिटर टाढा पर्दछ ।

राष्ट्रपतिका एक सहयोगीले कारागार प्रणालीलाई आफूहरूले पुनःसंरचना गर्न लागेको बताएका छन् । होन्डुरसका कारागारहरूमा भीडभाडका साथ २१ हजार कैदीहरूलाई राखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही