भारतीय प्रधानमन्त्री मोदीद्वारा विवादास्पद नागरिकता कानुनको बचाउ



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर भइरहेको विरोध प्रदर्शनबीच नयाँ नागरिकता कानुनको बचाउ गरेका छन्।

“हामीले सताइएका मानिसहरूलाई सहयोग गर्न यो विधेयक पारित गरेका हौँ,” उनले दिल्लीमा एक र्‍यालीमा भने। “हामीले भारतका सांसदहरू र संसद्‍को सम्मान गर्नुपर्छ।”

मुसलमानविरोधी भनी आलोचना भएको सो कानुनको विरोधमा भएका प्रदर्शनका क्रममा भएका झडपमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको छ।

प्रहरीले प्रतिबन्ध लगाएपनि प्रदर्शनकारीहरू सडकमा उत्रिरहेका छन्। भारतीय प्रहरीले हजारौँलाई हिरासतमा लिइसकेको छ र कैयौँ स्थानमा इन्टरनेट बन्द गरिएको छ।

सो कानुनले छिमेकी तीन देशका गैरमुसलमान गैरकानुनी आप्रवासीलाई भारतीय नागरिकता प्राप्त गर्नका लागि सहजता दिएको छ।

भारतीय जनता पार्टी बीजेपीले दिल्लीमा राज्य चुनावका लागि अभियान सुरु गरेको र्‍यालीमा प्रधानमन्त्रीले कानुनको बचाउ गरेका हुन्।

आफ्नो मन्तव्यमा मोदीले प्रतिपक्ष दलहरूलाई कानुनको बारेमा झूट बोलेको र मिथ्या सूचना फैलाएको, प्रहरी एवम् सार्वजनिक यातायात, पसल र सरकारी सम्पत्तिमाथिको आक्रमणको निन्दा, सरकारले मुख्य नीतिहरू लागु गर्दा कसैको पनि धर्म नसोधेको तथा
भारतका मुसलमानहरूले उक्त कानुनका कारण चिन्तित हुनु नपर्ने बताए ।

हाल विवादको केन्द्रमा रहेको नागरिकतासम्बन्धी नयाँ कानुन खासगरि मुसलमान समुदायविरुद्ध विभेदकारी भएको आलोचकहरूले बताउने गरेका छन्।

सीएए भनिएको नागरिकता संशोधनसम्बन्धी नयाँ ऐनले मुस्लिमबाहेक अन्य आप्रवासीलाई धार्मिक आधारमा नागरिकता दिन सकिने व्यवस्था गरेको छ।

संशोधन हुनुअघि नागरिकतासम्बन्धी भारतको ६४ वर्ष पुरानो कानुनले गैरकानुनी आप्रवासीहरूलाई भारतीय नागरिक हुन दिँदैनथ्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी

यसवर्ष सन् २०२४ को बोआओ फोरमको एसियाली वार्षिक सम्मेलनमा विश्वले आज सामना गरिरहेका

ज्याकोब जुमाले चुनाव लड्न नपाउने

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार

बेलायतमा पाँचमध्ये एक शिक्षक विद्यार्थीको दुव्र्यवहार सामना गर्न बाध्य

बेलायतका लगभग पाँच मध्ये एक शिक्षकले आफू विद्यार्थीबाट दुर्ब्यवहारको सिकार भएको बताएका छन्

दक्षिण अफ्रिकामा ४६ यात्रु सवार बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । जोहानेसबर्गबाट करिब