ईश्वरको निन्दा गरेको अभियोगमा पाकिस्तानमा एक शिक्षकलाई मृत्युदण्डको सजाय



पाकिस्तानमा विश्वविद्यालयका एकजना शिक्षकलाई ईश्वरको निन्दा गरेको भन्दै मृत्युदण्ड सजाय सुनाइएको छ। जुनैद हफिजलाई पैगम्बर मोहम्मदबारे सामाजिक सञ्जालमा अनादरपूर्ण कुराहरू लेखेको आरोपमा सन् २०१३ को मार्च महिनामा पक्राउ गरिएको थियो।

अमेरिकी साहित्य, फोटोग्राफी र नाटकमा विज्ञता हासिल गरेका ३३ वर्षीय हफिजले फूलब्राइट छात्रवृत्ति अन्तर्गत अमेरिकामा स्नातकोत्तरको पढेका थिए। हफिजका वकिलले फैसलालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै त्यसविरूद्ध पुनरावेदन दिने समाचार संस्था एएफपीलाई बताएका छन्।

पाकिस्तानमा धर्मनिन्दालाई गम्भीर रूपमा हेर्ने गरिन्छ। र आरोप मात्रै लागेकाहरू पनि अतिवादी समूहहरूको निशानामा पर्ने गरेका छन्।

हफिजको मुद्दा लड्न सहमत भएका वकिल रसिद रेहान सन् २०१४ मा एकजना बन्धुकधारीबाट मारिएका थिए। जेलभित्रै अन्य बन्दीहरूबाट आक्रमण भएपछि हफिजलाई केही समय एक्लो कोठमा कैद गरिएको थियो।

अदालतको फैसला उनलाई राखिएको मुल्तान शहरस्थित केन्द्रीय कारागारमा सुनाएको हो। अमेरिकामा अध्ययनपश्चात पाकिस्तान फर्किएका हफिजले बहाउद्दिन जकारिया युनिभर्सिटीमा पढाइरहेका थिए र त्यहाँबाटै उनी पक्राउ परेका थिए।

धर्मनिन्दा गरेको भन्दै अहिलेसम्म पाकिस्तानमा ४० जनालाई मृत्युदण्ड सुनाइएको छ। ती कसैको पनि सजाय कार्यान्वयन भने गरिएको छैन।

अभियोजनकर्ता वकिलहरूले भने फैसलापछि ‘ईश्वरको निन्दा गर्नेलाई मृत्यु’ भन्दै नारावाजी गरेर र आपसमा मिठाई बाँडेर खुसीयाली मनाएका थिए।

एमनेस्टी इन्टरन्याश्नलले फैसलाबाट निकै ‘दु:खी र आश्चर्यचकित’ भएको भन्दै उक्त फैसला अन्यायपूर्ण भएको जनाएको छ। पाकिस्तानमा इस्लाम धर्मको अनादर गर्नेलाई मृत्युदण्ड हुने कडा सजायको व्यवस्था छ।  इस्लाम पाकिस्तानको राष्ट्रिय धर्म हो र धर्मनिन्दासम्बन्धी कडा कानुनको पक्षमा जनसमर्थन रहिआएको छ।

सन् १९९० को दशकयता कैयौँ इसाईहरू पनि धर्मनिन्दाको आरोपमा दोषी ठहर भएका छन्। सन् १९९० यता ईशनिन्दाको आरोपमा कम्तीमा ६५ जनाको हत्या भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिका र बेलायतद्वारा इरानको ड्रोन आक्रमणपछि व्यापक प्रतिबन्धको घोषणा

संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यले इजराइलविरुद्ध सप्ताहन्त आक्रमणको जवाफमा इरानको सैन्य ड्रोनविरुद्ध

उच्च अदालतको आदेशपछि माल्दिभ्सका पूर्वराष्ट्रपति यामिन रिहा

  भ्रष्टाचार र मनी लन्ड्रिङको आरोपमा ११ वर्षको कारागार सजाय पाउनुभएका माल्दिभ्सका पूर्वराष्ट्रपति

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार