भारत‍ले पाकिस्तानमाथि हमला गर्नसक्छ: इमरान खान



पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतले आफ्नो देशमा भइरहेको विरोध प्रदर्शनलाई मन्थर गर्न पाकिस्तानमाथि सैन्य कारबाही गर्न सक्ने बताएका छन्।

खानले ट्वीट गर्दै भारतमा विरोध प्रदर्शन बढिरहँदा पाकिस्तानमाथि पनि खतरा बढेको भन्दै भारतीय सेना प्रमुखको भनाइले त्यसलाई पुष्टि गरेको बताए।

जनरल विपिन रावतले गएको बुधवार कश्मिरको भारत-पाकिस्तान सीमाको अवस्था कुनैपनि बेला फेरिन सक्ने बताउँदै त्यस्तो अवस्थाका लागि भारतीय सेना तयार भएको बताएका थिए।

खानले लेखेका छन्: “भारतीय सेनाले कश्मिमलाई कैद गरेको छ र जब त्यो प्रतिबन्ध हटाइन्छ तब रक्तपात हुने आशङ्का छ। भारतमा बढिरहेको विरोध प्रदर्शनले पाकिस्तानमाथि खतरा बढेको छ र भारतीय सेना प्रमुखको भनाइले त्यो चिन्तालाई पुष्टि गर्छ।”

खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले भारतलाई हिन्दू राष्ट्र बनाउन चाहेको आरोप लगाएका छन्। उनले भारतले हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरू विकल्प नरहने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिल्लीस्थित अफगानी दूतावास बन्द हुने

नयाँदिल्लीमा रहेको अफगान दूतावास शनिबारदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल

एकवर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएपनि दुई

नागोर्नो–काराबाखको इन्धन डिपो विष्फोट हुँदा मृत्यु हुनेको संख्या एक सय ७० पुग्यो

  नागोर्नो–काराबाखको इन्धन डिपोमा भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ७०

बर्डफ्लूबाट मोन्टेभिडियोमा चार सय जलचरको मृत्यु

  बर्ड फ्लू लागेर उरुग्वेको  समुद्री तटमा चार सयभन्दा बढी सिल र सि