क्युबामा मिगेल डियाज ४० वर्षपछि प्रधानमन्त्री नियुक्त



क्युबाका राष्ट्रपति मिगेल डियाज कानेलले करिब ४० वर्षपछि पहिलो पटक देशमा प्रधानमन्त्री नियुक्त गरेका छन् । पर्यटन मन्त्री मानुएल मारेरो क्रुजलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो । तत्कालीन क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्रीको पद सन् १९७६ मा हटाएका थिए ।

कम्युनिस्ट शासित क्युबामा यसवर्षको शुरुमा ल्याइएको संविधानमा प्रधानमन्त्रीको व्यवस्था गरिएको छ । ५६ वर्षीय नयाँ प्रधानमन्त्रीले राष्ट्रपतिले प्रयोग गर्दै आएका कतिपय अधिकार लिनेछन् । मारेरोलाई प्रधानमन्त्री पदमा नेशनल एसेम्बलीले शनिबार सर्बसम्मत रुपमा अनुमोदन गरेको थियो । उनलाई सन २००४मा क्यास्ट्रोले नै पहिलोपटक पर्यटन मन्त्री बनाएका थिए ।

सन् १९५९ मा कम्युनिस्ट पार्टीले क्युबाको सत्ता लिएपछि क्यास्ट्रोले आफैंलाई प्रधानमन्त्री तोकेका थिए । त्यसपछि उनले सन् १९७६मा सो पद हटाएर आफूलाई कम्युनिस्ट पार्टीको प्रमुख र राष्ट्र प्रमुख घोषणा गरेका थिए ।

क्युबामा क्युबन कम्युनिस्ट पार्टी र सेना नै मुख्य निर्णायक भएको र अरु कुराको खासै अर्थ नभएको आलोचकहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्कालाई एडिबीको ३५ करोड ऋण

एसियाली विकास बैंक (एडीबी) ले श्रीलङ्काको आर्थिक स्थायित्व तथा पुनरुत्थानका लागि ३५ करोड

साङ्घाईमा एकसय वर्ष यताकै गर्मी

  चीनको औद्योगिक महानगर साङ्घाईमा आज एक सय वर्षपछि अधिक गर्मी भएको छ

मणिपुर हिंसामा प्रहरीसहित पाँच जनाको मृत्यु

  भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको

राष्ट्रपतिमा पुनः निर्वाचित भएकोमा एर्दोगानलाई बाइडेनको बधाइ

अमेरिकी राष्ट्रपति जो बाइडेनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ