अमेरिकाद्वारा अन्तरिक्ष फौज गठन



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तरिक्षमा युद्ध गर्न सक्षम हुने स्पेस फोर्स अर्थात् अन्तरिक्ष फौज गठन गरिएको औपचारिक घोषणा गरेका छन्।

सत्तरी वर्षभन्दा बढी समयपछि अमेरिकी अमेरिकी सेनाको नयाँ फौजको रूपमा सार्वजनिक गरिएको अन्तरिक्ष फौजले अमेरिकी वायुसेनाअन्तर्गत रहेर काम गर्नेछ।

वाशिङ्टनस्थित एक सैन्य अखडामा नयाँ फौजको घोषणा गर्दै ट्रम्पले “अन्तरिक्ष विश्वको नवीनतम युद्धस्थल” भएको बताए। “हाम्रो राष्ट्रिय सुरक्षाले गम्भीर खतराहरूको सामना गरिरहेको बेला अन्तरिक्षमा अमेरिकी सर्वोच्चता कायम रहनु आवश्यक छ,” उनले भने।

“हामी त्यस दिशामा अगाडि नै छौँ। तर हामीले पर्याप्त नेतृत्व लिन सकेका छैनौँ, छिट्टै हामी अझै अगाडि रहनेछौँ।” हाम्रो अन्तरिक्ष फौजले हामीलाई बाह्य आक्रमणको प्रतिकार गर्न र माथिल्लो क्षेत्रमा नियन्त्रण जमाउन सघाउ पुर्‍याउनेछ,” उनले भने।

गत साता कङ्ग्रेसका दुवै सदनबाट अमेरिकी सेनाका लागि ७३८ अर्ब अमेरिकी डलरको प्रतिरक्षा विधेयक पारित भएपछि नयाँ फौज गठन सम्भव भएको हो।

अन्तरिक्ष फौज गठनका लागि यो वर्ष चार करोड अमेरिकी डलर विनियोजन गरिने भनिएको छ। यो फौज अन्तरिक्षमा पठाउने उद्देश्यले गठन गरिएको होइन।

तर त्यसले सञ्चार, निगरानी तथा अनुगमनका लागि अन्तरिक्षमा पठाइएका भूउपग्रहहरू जस्ता अमेरिकी सम्पत्तिको रक्षा गर्ने लक्ष्य लिएको छ।

चीन र रुसले अन्तरिक्ष विज्ञान र अन्वेषणको क्षेत्रमा प्रगति गरिरहेको विषयमा अमेरिकी सेनाका प्रमुखहरूले चासो लिइरहेको बेला अमेरिकी अन्तरिक्ष फौज गठन भएको हो।

यसअघि उपराष्ट्रपति माइक पेन्सले ती दुई देशसँग आकाशमा उड्ने लेजर र भूउपग्रहलाई मार हान्न सक्ने क्षेप्यास्त्र रहेको बताउँदै अमेरिका तीविरुद्ध लड्न सक्षम हुनु पर्नेमा जोड दिएका थिए।

“पछिल्लो समयमा अन्तरिक्षको वातावरण आधारभूत रूपमा बदलिएको छ,” उनले भने। “जुन क्षेत्र पहिला शान्त र प्रतिस्पर्धारहित थियो त्यो अहिले भिडभाड र द्वन्द्वयुक्त हुन थालेको छ।

अन्तरिक्ष फौजले आउने दिनमा स्पेसकम भनिने अमेरिकी स्पेस कमान्डका कामहरू सम्हाल्नेछ। अन्तरिक्षमा अमेरिकी सेनाका कामहरू सम्हाल्नका लागि गत अगस्टमा स्पेसकम बनाइएको थियो।

अमेरिकी हवाई फौजमन्त्री बार्बरा ब्यारेटले अन्तरिक्ष फौजमा वायुसेनाका र गैरसैनिक कर्मचारी गरी करिब १६,००० जना रहने बताइन्। त्यसको नेतृत्व अहिले स्पेसकमको कमान्ड सम्हालिरहेका जे रेमोन्डले गर्नेछन्।

यो महिनाको सुरुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा बढिरहेका अमेरिकी गतिविधिले रुसी चासोमाथि खतरा पुर्‍याइरहेको र ती विरुद्ध रुसले प्रतिक्रिया दिनु पर्ने बताएका थिए।

“अमेरिकी सैन्य-राजनीतिक नेतृत्वले अन्तरिक्षलाई सैन्य मञ्च ठानिरहेको छ र उसले त्यहाँ कारबाहीहरू गर्ने योजना बनाएको छ,” पुटिनले भनेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ