भाजपाका पूर्वविधायकलाई बलात्कारसम्बन्धी मुद्दामा जन्मकैदको सजाय



भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका एक पूर्वसांसदलाई बलात्कारसम्बन्धी एउटा चर्चित मुद्दामा जन्मकैदको सजाय सुनाइएको छ।

दिल्लीको तीस हजारी अदालतले दोषी ठहरिएका ५१ वर्षीय कुलदीप सिंह सेङ्गरले २५ लाख भारतीय रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला समेत गरेको छ।

सेङ्गरलाई बालबालिका संरक्षणसम्बन्धी कानुन आकर्षित हुने कसुरमा मुद्दा दायर गरिएको थियो। बलात्कार गरिँदा पीडित १७ वर्षकी थिइन्।

अघिल्लो वर्ष प्रहरीले आफ्नो उजुरीमा कुनै सुनुवाइ नगरेको भन्दै पीडितले आत्मदाह गर्ने प्रयास गरेपछि यो घटनाले भारतको ध्यान तानेको थियो।

यसै हप्ताको शुरूतिर दिल्लीस्थित अदालतले सेङ्गरलाई दोषी ठहर गरेको थियो। भारतीय कानुन अनुसार नाम सार्वजनिक गर्न नमिल्ने ती महिला गत जुलाईमा एउटा शङ्कास्पद कार दुर्घटनामा गम्भीर घाइते भएकी थिइन्।

उनीसँगै यात्रा गरिरहेका उनका दुईजना आफन्तले ज्यान गुमाएका थिए भने उनका वकिल गम्भीर घाइते भएका थिए।

उनकी आमाले सेङ्गरले उक्त दुर्घटना षड्यन्त्रपूर्वक गराएको बताए पनि उनले ती आरोप अस्वीकार गर्दै आएका छन्। सङ्घीय प्रहरीले उक्त आरोपमाथि अनुसन्धान गरिरहेका छन्। ती महिलाले आफूले एउटा जागिर माग्दै सन् २०१७ को जुनमा सेङ्गरसँग सम्पर्क गरेको बताएकी छन्।

तर आफूलाई अपहरण गरी सेङ्गरसहितका व्यक्तिले एक हप्ताभन्दा बढी समयसम्म बलात्कार गरेको उनको भनाइ छ। उनले आफूले प्रहरीमा उजुरी दर्ता गराए पनि उनीहरूले सेङ्गरको नाम आरोपीका रूपमा नराखेको बताएकी छन्।

महिनौँपछि प्रहरीले सेङ्गरविरुद्ध उजुरी दर्ता गरे पनि अनुसन्धान अघि नबढाएको उनको आरोप छ। गम्भीर आरोप लाग्दा लाग्दै सेङ्गरलाई पार्टीभित्रै राखिराखेको भन्दै भारतीय जनता पार्टीको चर्को आलोचना भएको थियो।

उनलाई उक्त दलले यसै वर्षको अगस्टमा पार्टीबाट बर्खास्त गरेको थियो। उत्तर प्रदेशका विधायक रहेका सेङ्गरलाई कार दुर्घटनाको योजना रचेको आरोप लागेपछि कारबाही गरिएको थियो। पीडित परिवारले सेङ्गरका भाईले ती महिलाका बुवालाई सन् २०१८ को एप्रिलमा आक्रमण गरेको आरोप लगाएका छन्।

प्रहरीले पाँच जनालाई उक्त आक्रमणको आरोपमा पक्राउ गरे पनि गैरकानुनी रूपमा हतियार राखेको भन्दै ती महिलाका बाबुमाथि मुद्दा चलाएको थियो। पछि जेलमै उनको मृत्यु भयो।

त्यसको केही दिनपछि ती महिलाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको घरबाहिर आफूलाई जलाएर आत्महत्या गर्ने प्रयास गरेकी थिइन्।

उनले न्याय प्राप्तिको आफ्नो प्रयासलाई बारम्बार असफल बनाइएको आरोप लगाएकी थिइन्। भारतको सङ्घीय अनुसन्धान निकायले त्यसपछि उक्त मुद्दा आफ्नो क्षेत्राधिकारमा लिएको थियो र अतुल सेङ्गरसहित १० जनालाई हत्याको अभियोगमा पक्राउ गरेको थियो।

उक्त विषयको अझै छिनोफानो भइसकेको छैन। अतुल सेङ्गरले आफूविरुद्धका आरोपबारे केही बताएका छैनन्। अघिल्लो महिना दक्षिण भारतको हैदराबादमा २७ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कारको संसारभरिबाट निन्दा भइरहँदा सेङ्गरबारे अदालतले फैसला सुनाएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दूधमा पनि बर्डफ्लुको भाइरस फेला

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

युक्रेन वास्तविक सहयोगी हो भनेर नाटोले व्यवहार गर्नुपर्छ : राष्ट्रपति जेलेन्स्की

  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सङ्घर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता

सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका