बलात्कार मुद्दामा जापानी पत्रकारलाई ३० हजार डलर क्षतिपूर्ति दिन अदालतको आदेश



जापानको एउटा अदालतले बलात्कारको आरोप लागेका एक प्रभावशाली टीभी संवाददातालाई आरोप लगाउने अर्की पत्रकारलाई ३०,००० डलर बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

शिओरी इटोले सन् २०१५ मा आफू अचेत भएको बेला नोरियुकी यामागुचीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्। अभियोजनकर्ताले भने उक्त आरोपलाई फौजदारी मुद्दा बनाउनका लागि पर्याप्त प्रमाण नभएको बताएका थिए। त्यसैले इटोले देवानी मुद्दा हालेकी थिइन्।

जापानमा यौन हिंसाबारे कमैले उजुरी गर्छन्। आफ्नो बलात्कार भएको कुरा उठाएपछि इटो यौन दुर्व्यवहारविरुद्ध चलेको #MeToo अभियानको जापानमा प्रतीक बनेकी थिइन्।

“म एकदमै खुसी छु,” ३० वर्षीया इटोले भनिन्। अदालतले फैसला सुनाएपछि उनले “जित” को सङ्केत रहेको सङ्केत बोकेकी थिइन्। तर पत्रकार सम्मेलनमा आरोप लागेका पत्रकार यामागुचीले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने बताए। उनले आफूविरुद्ध लागेको बलात्कारको आरोप भने फेरि पनि अस्वीकार गरे।

इटोका अनुसार ५३ वर्षीय यामागुचीले सन् २०१५ मा आफूलाई जागिरको अवसरबारे छलफल गर्नका लागि बेलुकीको खाना खान बोलाएका थिए। यामागुचीको प्रधानमन्त्री शिन्जो आबेसँग निकट सम्बन्ध रहेको मानिन्छ।

त्यति बेला आफूलाई लागुपदार्थ दिइएको हुन सक्ने आशङ्का व्यक्त गर्दै इटोले होसमा आउँदा आफू “होटलको कोठामा रहेको र आफूमाथि यामागुची भएको” बताएकी थिइन्।

उक्त बलात्कारको आरोप लाग्दा इटो रोएटर्स समाचारसंस्थामा प्रशिक्षार्थीका रूपमा काम गर्थिन्। यामागुची त्यति बेला जापानको एउटा ठूलो सञ्चारगृह टोक्यो ब्रोडकास्टिङ सिस्टमका लागि वाशिङ्टनस्थित कार्यालयका प्रमुख थिए।

अनुसन्धान सुरु भए पनि प्रहरीले प्रमाणहरू अपुग भएको भन्दै थप प्रक्रिया अघि बढाएको थिएन। इटोले आफूलाई प्रहरीले पुरुष अधिकारीहरूले हेरिरहेका बेला बलात्कार कसरी भएको थियो त्यो पूर्ण कदको पुतलीसँग देखाउन दबाव दिएको थियो।

सन् २०१७ को सरकारी सर्वेक्षणले बलात्कारका जम्मा चार प्रतिशत पीडितले मात्रै आफूमाथि भएको अपराधको उजुरी हाल्ने गरेको देखाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण चीन सागरबाट युद्धपोत हटाउन अमेरिकालाई चीनको चेतावनी

चीनले अमेरिकालाई दक्षिण चीन सागरबाट सेना फर्काउन अमेरिकालाई चेतावनी दिएको छ । चिनियाँ

युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ

युक्रेनको प्लान्टको अवस्था ‘खतरनाक’ रहेको राष्ट्रसङ्घका आणविक प्रमुखको भनाइ संयुक्त राष्ट्रसङ्घीय आणविक निकायका

मेरिल्याण्डमा कार दुर्घटनामा परी ६ जनाको मृत्यु

मेरिल्याण्डमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । इन्टरस्टेट हाइवे ६९५

प्रधानमन्त्री मोदीको मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

भारतीय अदालतले प्रधानमन्त्री नरेन्द्र मोदीको मानहानी गरेको आरोपमा भारतीय कांग्रेस नेता राहुल गान्धीलाई