अस्ट्रेलियाका प्रधानमन्त्रीको विदेश यात्राको आलोचना



अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरीसनले देशमा भयङ्कर डढेलोको प्रकोप भएका बेला आफू बिदा मनाउन अमेरिका गएकोप्रति क्षमा माग्दै दु:ख प्रकट गरेका छन्।

यो साता अस्ट्रेलियामा विभिन्न क्षेत्रमा डढेलो फैलिरहँदा प्रधानमन्त्री मरीसन भने अमेरिकाको हवाइमा बिदा मनाउन गएका थिए।

अग्निनियन्त्रकहरू कम्तीमा १०० वटा विभिन्न ठाउँमा फैलिएका डढेलो निभाउन सङ्घर्षरत छन्। ती डढेलो फैलँदै गर्दा अस्ट्रेलियाले यसै साता सबभन्दा धेरै गर्मी भएको दुई दिनको कीर्तिमान बेहोरेको छ।

सिड्नीको दक्षिण पश्चिममा डढेलो नियन्त्रणका लागि खटिएका दुई स्वयंसेवी अग्निनियन्त्रकको ज्यान समेत गएको छ। न्यू साउथ वेल्सको अग्निनियन्त्रण सेवाका तीनजना सदस्यहरू रहेको ट्रक माथिबाट झर्दै गरेको रुख छल्न खोज्दा भीरबाट खसेको थियो।

तापक्रम बढिरहँदा न्यू साउथ वेल्समा आपत्‍काल घोषणा गरिएको छ। ठाउँठाउँमा डढेलोका कारण सिड्नी शहरमा उत्पन्न अवस्थाबारे बताउँदै पत्रकार लुसी कर्म्याकले बीबीसीसँग भनिन्, “सबैले प्रत्येक दिन यसकै विषयमा कुरा गरिरहेका छन्। धेरैजसो समय शहरमा एउटा डरलाग्दो सुन्तला रङ्गको चमक देखिरहन्छ।”

सिड्नीमा तापक्रम अहिलेसम्मकै सबैभन्दा बढी भइरहँदा सप्ताहन्तमा ४७ डिग्रीसम्म पुग्न सक्ने ठानिएको छ। प्टेम्बरदेखि हालसम्म यी डढेलोका कारण अस्ट्रेलियामा ८ जनाको ज्यान गएको छ भने ७०० भन्दा धेरै घर नष्ट भएका छन्। दशौँ लाख हेक्टर जमिन आगोको चपेटामा परेको छ।

प्रधानमन्त्री मरिसन पहिले नबताइएको बिदा मनाउन अमेरिकाको हवाइ पुगेको हल्लाका विवरण प्रकाशमा आएपछि मानिसहरूले उनको व्यापक आलोचना गरे।

सामाजिक सञ्जालमा ‘उनी कता गए’ भन्ने भावका थुप्रै ह्यासट्याग ट्रेन्डिङ भएका थिए। देशभर अत्यधिक गर्मी अनि ठूल्ठूला डढेलो फैलिन थालेपछि ती आलोचना झन् धेरै चर्किए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
च्याटबोट प्रयोग गरिएकोमा आफूलाई ‘ठूलो पश्चात्ताप’

न्यूयोर्कमा एकजना वकिलले उनको फर्मले कानुनी अनुसन्धानका लागि च्याटजीपीटी प्रयोग गरेपछि अदालती सुनुवाइको

चीनमा निर्मित विमानद्वारा व्यावसायिक उडान सुरु

  चीनले नागरिक उड्डयनको इतिहासमा नयाँ अध्याय थपेको छ । सोह्र वर्षको कठोर

प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनको उद्घाटन

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार भारतको राजधानीको मुटुमा रहेको झण्डै १०० वर्ष पुरानो

न्यु मेक्सिकोमा मोटरसाइकल र्यालीमा गोली प्रहार हुँदा तीन जनाको मृत्यु

अमेरिकाको न्यु मेक्सिको राज्यको रेड रिभर शहरमा आयोजित वार्षिक मोटरसाइकल र्यालीमा गोली चल्दा