ट्रम्पलाई लगाइयो महाभियोग,लगाउने पक्षमा २३० मत, विपक्षमा १९७ मत



डोनल्ड ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।

अब त्यो मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ।

त्यो ट्रम्पविरुद्धका दुई महाभियोग आरोपहरू मध्येको एक थियो। मतदान हुँदा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो।

मत पार्टीको लाइन अनुसार नै खसेको थियो किनकि अधिकांश डेमोक्र्याट सदस्यले आरोपको पक्षमा र रिपब्लिकनहरूले आरोपको विपक्षमा मत हालेका थिए। ट्रम्पले अब महाभियोगको दोस्रो आरोपको रूपमा रहेको कंग्रेसलाई अवरुद्ध तुल्याएको विषयमा मतदानको सामना गर्नेछन्।

वासिङ्टन डीसीमा मतदान चल्दै गर्दा राष्ट्रपति ट्रम्प ब्याटल क्रीक, मिशिगनमा उपराष्ट्रपति माइक पेन्ससँगै चुनावी सभालाई सम्बोधन गर्दै थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मोजाम्बिकका दुई तिहाइ नागरिक इन्टरनेटको पहुँच बाहिर

मोजाम्बिकको कुल जनसङ्ख्याको दुई तिहाइ हिस्सा अर्थात् देशको दुई करोड २० लाखभन्दा बढी

करिब तीन हजार अफगान शरणार्थी इरानबाट स्वदेश फिर्ता

इरानमा बस्दै आएका करिब तीन हजार अफगानी शरणार्थी मङ्गलबार स्वदेश फर्किएका छन् । अफगानिस्तानको

फिलिपिन्समा रेडियो पत्रकारको गोली हानी हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय

काजाकिस्तानले तेल अविवमा धार्मिक सम्मेलन आयोजना गर्ने

काजाकिस्तानले आगामी साता पवित्र भूमि तेल अविवमा धार्मिक सम्मेलन गर्ने घोषणा गरेको छ