ट्रम्पको महाभियोगसम्बन्धी प्रस्ताव तल्लो सदनमा अघि बढाइँदै



अमेरिकी संसद्‍को तल्लो सदनमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग अघि बढाउने प्रस्तावबारे छलफल चलिरहेको छ।

त्यसपछि मतदान हुनेछ। तल्लो सदनबाट त्यो प्रस्ताव पारित भएमा ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बन्नेछन्।

ट्रम्पमाथि शक्तिको दुरुपयोग गरेको र युक्रेनी समकक्षीसँग उनले गरेको कुराकानीबारे संसद्‍ले गरेको अनुसन्धानमा व्यवधान खडा गरेको आरोप छ।

डेमोक्र्याटहरूले अघि बढाएको उक्त प्रस्तावलाई रोक्ने रिपब्लिकनहरूको प्रस्ताव तल्लो सदनले अस्वीकार गरेको थियो।

अहिले सांसदहरूले उक्त प्रस्तावबारे आआफ्ना धारणा राखिरहेका छन्। तल्लो सदनमा प्रस्ताव पारित गर्न आवश्यक सङ्ख्या विपक्षीसँग छ।

अमेरिकामा महाभियोगको पक्षमा प्रदर्शनहरू भएका छन्। तल्लो सदनबाट प्रस्ताव पारित भएपछि त्यो माथिल्लो सदन सिनेटमा जानेछ, त्यहाँ आगामी ज्यानुअरी महिनामा सुनुवाइ हुनेछ।

तर त्यहाँबाट प्रस्ताव पारित हुन दुई तिहाइ बहुमतको खाँचो पर्छ, जुन विपक्षीहरूसँग छैन। त्यसैले ट्रम्पविरुद्धको महाभियोग प्रमाणित नहुने ठानिन्छ।

विगतमा दुईजना राष्ट्रपतिविरुद्ध महाभियोग लगाइएको थियो। तर कोही पनि महाभियोगबाट हटाइएका छैनन्। राष्ट्रपतिलाई तल्लो सदनको न्यायिक समितिका अध्यक्षले महाभियोग प्रक्रियामा आफ्ना प्रमाणहरू पेश गर्न सार्वजनिक रूपमा बोलाएका थिए।

उनी उक्त प्रक्रियामा सहभागी भएका भए आफ्ना कानूनी समूहले साक्षीसँग प्रश्न गर्न पाउने अनुमति पनि पाउँथे तर ट्रम्पले त्यसलाई अस्वीकार गरेका थिए।

राष्ट्रपति बराक ओबामा भएका बेला उपराष्ट्रपति रहेका जो बाइडन र उनका छोराविरुद्ध भ्रष्ट्राचारसम्बन्धी छानबिन गर्न दबाव दिएको आरोप ट्रम्पमाथि छ।

बाइडन युक्रेनबारे अमेरिकी नीति हेर्ने मुख्य भूमिकामा पनि रहेका बेला छोरा हन्टर बाइडन युक्रेनको एउटा प्राकृतिक ग्यास कम्पनीका निर्देशक थिए।

अहिले जो बाइडन सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई चुनौती दिने डेमक्र्याटिक उम्मेदवारका प्रबल दाबेदार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टेस्लाले १० प्रतिशत कर्मचारी कटौती गर्ने

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती

सन् २०२१ को काबुल आक्रमण रोक्न सकिने अवस्था नभएको अमेरिकी भनाई

सन् २०२१ मा काबुलमा भएको आत्मघाती बम विष्फोटमा परी १३ जना अमेरिकी सैनिकसहित

बाढीका कारण तान्जानियामा ५८ जनाको मृत्यु

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा जारी रहँदा गत दुई हप्तामा बाढीका कारण

पाकिस्तानमा चट्याङ र वर्षाका कारण ४१ जनाको मृत्यु

पाकिस्तानमा शुक्रबारदेखि आइतबारसम्ममा चट्याङ, हावाहुरी र बर्षाका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको