भारतीय जनता पार्टीका पूर्वसांसद कुलदीप सिंह किशोरी बलात्कार मुद्दामा दोषी ठहर



भारतको सत्तारूढ भारतीय जनता पार्टीबाट उत्तर प्रदेशको विधानसभामा निर्वाचित एक नेताले एक किशोरीको बलात्कार गरेको अदालतले ठहर गरेको छ।

सन् २०१७ मा घटना हुँदा ती पीडित किशोरी १७ वर्षकी मात्र थिइन्। बालबालिका संरक्षण कानुनअन्तर्गत कुलदीप सिंह सेङ्गरलाई मुद्दा चलाइएको थियो।

गत वर्ष ती पीडित किशोरीले प्रहरीले कारबाही नगरेको आरोप लगाउँदै आत्मदाह गर्न खोजेपछि भारतभरि त्यसले चर्चा पाएको थियो।

अपहरण र बलात्कारको मुद्दामा सेङ्गरलाई दोषी ठहर गर्ने दिल्लीस्थित तीस हजारी कोर्टले उनलाई मङ्गलवार सजाय सुनाउनेछ। उनलाई आजीवन कारावाससम्म पनि हुन सक्छ।

भारतको सर्वोच्च न्यायालयले हस्तक्षेप गरेपछि उक्त मुद्दा लखनऊबाट दिल्ली स्थानान्तरण गरिएको थियो। अगस्ट ५ देखि उक्त मुद्दामा सुनुवाइ भइरहेको थियो।

पीडित किशोरीका अनुसार सेङ्गरले जागिर दिने प्रलोभन देखाएर उनको अपहरण र त्यसपछि बलात्कार गरेका थिए। सेङ्गरलाई बलात्कारको आरोप लगाएपछि गत जुलाई महिनामा शङ्कास्पद रूपमा भएको एउटा दुर्घटनामा उनी गम्भीर घाइते भइन्।

उक्त घटनामा उनका दुई नातेदारको मृत्यु भयो भने उनका वकिल पनि गम्भीर घाइते भए। उनीहरू चढेको कारलाई एउटा ट्रकले हानेको थियो। उनले उजुर दर्ता गरेको भए पनि प्रहरीले पहिला सेङ्गरको नाम उल्लेख गरेको थिएन।

धेरै महिनापछि प्रहरीले सेङ्गरविरुद्ध उजुर दर्ता गर्‍यो, तर ती किशोरीले प्रहरीले कुनै अनुसन्धान नगरेको आरोप लगाइन्। बलात्कारको गम्भीर आरोप लागेका व्यक्तिलाई पार्टीको राजनीतिमा सक्रिय हुन दिएको भन्दै भाजपाको चर्को आलोचना भयो।

पीडित किशोरी दुर्घटनामा घाइतेपछि गत अगस्ट महिनामा भाजपाले सेङ्गरलाई निलम्बन गर्‍यो। उनी उत्तर प्रदेशको उन्नाव जिल्लाबाट सांसद निर्वाचित भएका थिए।

बलात्कृत किशोरीकी आमाले सेङ्गरले नै दुर्घटना गराएको आरोप लगाएकी थिइन्। तर सेङ्गरले त्यसको खण्डन गरेका थिए। प्रहरीले अझै पनि त्यस घटनाको अनुसन्धान गरिरहेको छ।

पीडितको परिवारले कुलदीप सेङ्गरका भाइ अतुल सेङ्गरले पीडितका बुवालाई एप्रिल २०१८ मा आक्रमण गरेको आरोप लगायो।

उक्त घटनामा प्रहरीले पाँच जनालाई अभियोग लगायो। अवैध हातहतियार राखेको आरोपमा ती किशोरीका बुवा पनि पक्राउ परे। पछि उनको हिरासतमै मृत्यु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्पताल परिसरमा इजरायली कारबाही, दुईसय जनाको मृत्यु

हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले

रूसी सेनाको विमान क्रिमियाली क्षेत्रमा दुर्घटनाग्रस्त

रूसी सेनाको एउटा विमान क्रिमियाली प्रायद्वीपनजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको युक्रेनको नियन्त्रणमा रहेको क्रिमियाली

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त भएका एकसय ३० भन्दा

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ