नागरिकता कानुन संशोधनका कारण भारत अशान्त, शान्ति कायम राख्न मोदीको आग्रह



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरू बारेको नयाँ कानुनी प्रवधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्। राजधानी दिल्लीका साथै मुम्बई, हैदराबाद र कोलकातामा ठूला प्रदर्शनहरू भएका छन्।

प्रहरीले बाटो बन्द गर्ने र बसमा आगो लगाउने काम भएपछि आइतवार प्रदर्शनकारीहरूलाई पक्राउ गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो।

नयाँ कानुनले तीनवटा मुस्लिम बहुल देशबाट आएका केही गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकताको हकदार बनाउँछ। तर मानिसहरू सडक प्रदर्शनमा उत्रिनुको कारणबारे मत विभाजित छ।

केही आलोचकहरूले कानुन मुस्लिमविरोधी भएको ठान्छन्। जबकि खासगरी सीमा क्षेत्रका मानिसहरूमा ठूलो सङ्ख्यामा आप्रवासी भित्रिने डर देखिन्छ।

दिल्ली र अन्य कैयौँ शहरमा सोमवार पनि प्रदर्शनहरू भएपछि प्रधानमन्त्री मोदीले प्रदर्शनकारीहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, “म भारतीयहरूलाई स्पष्ट रूपमा आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन ऐनले भारतका जुनसुकै धर्मावलम्बी भए पनि उनीहरूलाई प्रभाव पार्दैन। यो कानुनलाई लिएर कुनै भारतीयले चिन्ता मान्नु पर्दैन। यो कानुन उनीहरूका निम्ति मात्र हो, जसले वर्षौँदेखि अन्यायको सामना गरे र उनीहरूको निम्ति भारतबाहेक अर्को ठाउँ नै छैन।”

उनले यो ‘शान्ति, एकता र भाइचारा कायम राख्ने’ समय भएको बताए। भारतका उत्तरी र पूर्वी भागमा विस्तार हुनुअघि आसामबाट बिहीवारदेखि सुरु भएको प्रदर्शनका क्रममा छ जनाको ज्यान गइसकेको छ।

अधिकारीहरूले इन्टरनेट सेवा अवरुद्ध गर्दै प्रदर्शनहरू रोक्ने प्रयास गरेका छन्। तर देशभरिका विश्वविद्यालयका विद्यार्थीहरूले सोमवार पनि प्रदर्शनहरू ब्युँताएका छन्।

कोलकातामा मुख्यमन्त्री ममता बेनर्जी र उनको सत्ताधारी दल त्रिणमूल काङ्ग्रेसले नेतृत्व गरेको प्रदर्शनमा दशौँ हजारले भाग लिएका छन्। अन्य कैयौँ शहरमा पनि थप प्रदर्शनहरू हुने ठानिएको छ।

कैयौँ वकिलले शौचालयमा विद्यार्थीहरूमाथि आक्रमण गर्ने अधिकारीहरूको नाम औँल्याउँदै सर्वोच्च अदालतलाई हस्तक्षेप गर्न आग्रह गरेका छन्। तर प्रधानन्यायाधीशले विद्यार्थीहरूले प्रदर्शन नत्याग्दासम्म कुनै पनि कदम चाल्न नसक्ने बताएका छन्।

अमेरिका, यूके र क्यानाडाले भारतको उत्तर-पूर्वी क्षेत्रमा भ्रमण गर्ने आफ्ना नगरिकहरूलाई सतर्कता अपनाउन चेतावनी जारी गरेका छन्।

दिल्लीस्थित एउटा प्रतिष्ठित विश्वविद्यालय जामिया मिल्लिया इस्लामियामा सोमवार प्रदर्शन भएको छ। त्यहाँका विद्यार्थीहरूले गरेको र्‍याली आइतवार प्रहरीसँगको भिडन्तमा पुगेर अन्त्य भएको थियो। प्रहरीले करिब ३५ जना विद्यार्थीलाई आइतवार पक्राउ गरेर सोमवार बिहान छाडेको छ।

विश्वविद्यालयकी उपकुलपति नज्मा अख्तरले प्रहरी कारबाहीको भर्त्सना गर्दै उच्चस्तरीय छानबिनको माग गरिन् र प्रहरीविरुद्ध अदालतमा मुद्दा हाल्ने जानकारी सम्वददाताहरूलाई दिएकी छन्। उनले विद्यार्थीहरूको मृत्यु भएको हल्लाको खण्डन गरिन्।

हिंसा कसले सुरु गरेको थियो भन्ने अझै अस्पष्ट छ, तर प्रहरीमाथि ढुङ्गा प्रहार भयो थियो जसले बदलामा अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीय सञ्चारमाध्यमहरूले प्रहरी र विद्यार्थीसहित झण्डै ६० जना घाइते भएको उल्लेख गरेका छन्। कम्तीमा तीनवटा बस र कैयौँ मोटरसाइकलमा आगो लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’