मड्रिडमा सम्पन्न जलवायु सम्मेलन विफल भएको भन्दै वातावरणविदले गरे आलोचना



जलवायु सम्मेलनका कारण एकपछि अर्को डरलाग्दो अवस्थाको चित्रण गरिएका वैज्ञानिक विवरणहरूका माझ स्पेनको राजधानी मड्रिडमा सम्पन्न महत्त्वपूर्ण सम्मेलन विफल भएको भन्दै चर्को आलोचना भएका छन्।

धेरै उत्सर्जन गर्ने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको वातावरणवादीहरूले आरोप लगाएका छन्। हालसम्म भएका संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनहरूमध्ये सबभन्दा लामो मड्रिड सम्मेलन एउटा सम्झौतामा पुगेर टुङ्गिएको छ।

थकित प्रतिनिधिहरूले कार्बन उत्सर्जन कटौतीबारे विश्वव्यापी प्रतिक्रिया बढाउने सहमति गरे। उक्त सहमतिअनुसार अब सबै देशले ग्लास्गोमा अर्को वर्ष हुने जलवायु सम्मेलनमा नयाँ वाचाहरू गर्नुपर्नेछ।

दुई अहोरात्र गरिएको वार्तापश्चात् अर्को वर्षको सम्मेलनमा नयाँ र सुधारिएका उत्सर्जन कटौतीका योजना प्रस्तुत गरिने सहमति मात्र हुन सक्यो।

उक्त सम्झौताको चर्को आलोचना भइरहेको छ। सम्मेलनमा सहभागी कैयौँ प्रतिनिधिहरू एवं पर्यावरणवादी अभियानकर्मीहरूले उक्त सम्झौतालाई विफलता भनेका छन्।

सबभन्दा धेरै प्रदूषण फैलाउने देशहरूले निर्णायक कारबाही गर्नबाट रोकेको उनीहरूले आरोप लगाएका छन्। टुभालुका प्रतिनिधिले दशौँ लाख मानिसहरूले अहिले नै जलवायु परिवर्तनको असर बेहोरिरहेको बेला यस्तो भएकै छैन भन्नु मानवताविरोधी अपराध ठहर्ने बताए।

युरोपेली युनियन तथा साना टापु राष्ट्रहरूले उत्सर्जन कटौतीका थप महत्त्वाकाङ्क्षी लक्ष्यको समर्थन गरेका थिए भने, अमेरिका, ब्रजिल, भारत र चीनसहितका देशले त्यसको विरोध गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतले पाकिस्तानसँग सीमा समारोह पुनः सुरु गर्ने

भारत । भारतले मङ्गलबार छिमेकी पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने बताएको

मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या

मेक्सिको । बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर

गाजामा इजरायली हमलामा ६० जनाको मृत्यु

गाजा । इजरायली आक्रमणबाट सोमबार रातिदेखि मंगलबारसम्म गाजापट्टीमा कम्तीमा ६० जनाको मृत्यु भएको

नयाँ सुरक्षा उपायका बावजुद श्रीलङ्कामा रेलको ठक्करबाट हात्तीको मृत्यु

कोलम्बो । श्रीलङ्काको एक्सप्रेस ट्रेनमा ठोक्किएर मङ्गलबार एउटा हात्ती मरेको छ र रेल