फिलिपिन्समा शक्तिशाली भूकम्प



फिलिपिन्सको दक्षिणी मिन्डानाओमा आइतबार ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । फिलिपिन्स भूकम्प अध्ययन इन्स्टिच्यूटले भूकम्पको धक्का निकै शक्तिशाली महसुस भएको जनाएको छ ।

भूकम्पबाट आत्तिएका मानिसहरु घरघरबाट आत्तिएर बाहिर सडक र खुला स्थानमा निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । अमेरिकी भौगर्भिक सर्भेले सुनामीको खतरा भने नरहेको जनाएको छ ।

प्रारम्भिक अध्ययनमा उक्त भूकम्प ६.९ म्याग्नीच्यूडको मापन गरिएको थियो । गत अक्टोबरमा मिन्डानाओलाई नै केन्द्रविन्दु बनाएर ६ म्याग्नीच्यूडभन्दा ठूला तीनवटा भूकम्प गएका थिए । उक्त भूकम्पबाट केही मानिसको मृत्यु हुनुका साथै भवनहरुमा क्षति पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कराँचीमा खाद्यान्न वितरणका क्रममा भएको भागदौडमा नौ महिलाको मृत्यु

कराचीस्थित एक कारखानामा खाद्यान्न वितरण गर्ने क्रममा भएको भागदौडमा १२ जनाको मृत्यु भएको

क्यानडा–अमेरिका सीमामा थप दुई शव फेला

क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा–अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेका छन्

चीनका शीर्ष विधायक र स्पेनका प्रधानमन्त्री बीच भेटवार्ता

चीनका शीर्ष विधायक झाओ लेजीले बेइजिङमा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेका छन्

ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा