अल्बेनियामा भूकम्पमा मानवीय क्षति हुनेगरी भवन भत्किएपछि कैयौँ पक्राउ



अल्बेनियाको प्रहरीले गत महिना त्यहाँ आएको भूकम्पमा परी मानिसहरूको मृत्यु भएका कारण नौ जनालाई हत्या तथा शक्ति दुरुपयोगको आरोपमा पक्राउ गरेको छ।

अभियोजनकर्ताहरूले १७ जना भवन निर्माणकर्ता, इन्जिनियर तथा अधिकारीहरूलाई सुरक्षा संहिता उल्लङ्घनको शङ्कामा पक्राउपुर्जी जारी गरिसकेको छ।

तर तीमध्ये आठ जना भूकम्पपश्चात् देश छाडेर भागेको हुनसक्ने भन्दै तिनको खोजी जारी राखिएको छ। रिक्टर स्केलमा ६.४ म्याग्निट्यूडको उक्त भूकम्पका कारण ५१ जनाको ज्यान गएको थियो।

पक्राउ परेकाहरूमध्ये दुई व्यक्ति तटीय नगर डुअरेसस्थित होटलका मालिक हुन्। उक्त दुवै होटल भूकम्पमा भत्किएका थिए। दुवै होटलको निर्माण अवैध ढङ्गले गरिएको थियो। एउटाको निर्माण त पछि मिलेमतोमा वैध गराइएको थियो। सन् १९९० मा कम्युनिस्ट शासनको अन्त्य भएपछि अल्बेनियामा अवैध निर्माणको सङ्ख्या बढेको बताइन्छ।

गत महिनाको भूकम्प सो देशमा दशकौँ यताको सबभन्दा शक्तिशाली थियो। नोभेम्बर २६ को सबेरै उक्त भूकम्प आउँदा अधिकांश मानिस सुतिरहेका थिए।

भूकम्पले १४ हजार मानिस घरबारविहीन भएका छन्। सन् १९९० को दशकको सुरुतिर कम्युनिस्ट शासन ढलेपछि कैयौँ मानिसहरू सहरतर्फ बसाइँ सरे।

सहरहरूमा सरकारको सुपरीवेक्षणविना नै निर्माणकार्य हुन थाल्यो। कतिपय त्यस्ता भवनहरू पछि वैध बनाइएका थिए। बल्कन क्षेत्रमा भूकम्पीय सक्रियता रहँदै आएको छ।

सो क्षेत्र यूरेशियन तथा अफ्रिकन टेक्टोनिक प्लेटको ‘फल्ट लाइन’ मा पर्ने हुनाले भूकम्प आउँछन्। अल्बेनिया चाहिँ अलि सानो एडियाट्रिक टेक्टोनिक प्लेटमाथि पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्डोनेसियाको सुन खानीमा पहिरो जाँदा ७० जना बेपत्ता

इन्डोनेसियाको केन्द्रीय प्रान्त सुलावेसीमा रहेको एक सुन खानीमा बुधबार आएको पहिरोमा परी कम्तीमा

अस्ट्रेलियामा फेसबुक र गुगलले समाचार प्रयोग गरेबापत शुल्क तिर्नुपर्ने कानुन पारित

अस्ट्रेलियाले गुगल र फेसबुकजस्ता संस्थालाई सञ्चारमाध्यमको समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने कानुन

जोनसन एन्ड जोनसनको खोप एकै मात्रा लगाए हुने

अमेरिकी औषधि नियामक निकायले गरेको जाँचमा जोनसन एन्ड जोनसनको एक मात्रा (डोज) लगाउँदा

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २५ लाख नाघेको छ ।