ब्रिटेनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने एक्जिट पोलको सङ्केत



ब्रिटेनमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण) ले देखाएका छन्।

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ।

जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो। यूकेको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो।

यूरोपेली सङ्घ (ईयू)बाट ब्रिटेन बाहिरिने विषय यो निर्वाचनको एक प्रमुख मुद्दा बनेको छ। लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन्।

उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ।

यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ। लेबरहरूले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ। अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

यस चुनावमा बोरिश जोनशनले आफूले बहुमत पाएमा सन् २०२० को ३१ ज्यानुअरीभित्र यूकेलाई ईयुबाट बर्हिगमन गराउने वाचा गरेका थिए।

उनका मुख्य प्रतिस्पर्धी लेबर नेता जेरेमी कोर्बिनले चाहिँ ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत् दिने बताएका थिए।

यो पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा भएको तेस्रो आमनिर्वाचन हो। पछिल्ला वर्षमा एक्जिट पोलका नतिजाहरू निकै मिलेका पाइएका छन्।

सन् २०१७ मा त्यसले चुनावमा कसैले पूर्ण बहुमत ल्याउन नसक्ने प्रक्षेपण गरेको थियो। सन् २०१५ मा कन्जर्भेटिभहरू सबैभन्दा ठूलो दल हुने नतिजा देखा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु

सिरियामा इस्लामिक स्टेट (आइएस)ले बिहीबार मरुभूमिक्षेत्रमा दुई पटक आक्रमण गर्दा २८ जनाको मृत्यु

म्यान्माको कारागारमा झडप हुँदा चार जनाको मृत्यु, आठ घाइते

उत्तरी म्यानमाको कचिन राज्यको एक कारागारमा भएको झडपमा परी चार कैदीको मृत्यु हुनुका

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

  अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले

फिनल्यान्डलाई अस्थिर बनाउन पुटिनले आप्रवासन समस्या सिर्जना गरेको ईयू प्रमुखको आरोप

युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले रूसले छिमेकी मुलुक फिनल्यान्डमाथि आफ्नो ‘नश्लवादी’