ब्रिटेनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने एक्जिट पोलको सङ्केत



ब्रिटेनमा भएको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले बहुमत ल्याउने बीबीसी, आईटभी र स्काइ न्यूजका लागि गरिएका एक्जिट पोल (मत सर्वेक्षण) ले देखाएका छन्।

मतदान गरेर निस्किरहेका मतदाताहरूसँग गरिएका त्यस्ता अनौपचारिक प्रारम्भिक मत सर्वेक्षणका नतिजामा कन्जर्भेटिभले ३६८ स्थानमा जित्ने देखाएको छ।

जुन यसअघि सन् २०१७ मा सम्पन्न चुनावमा आएको नतिजाभन्दा ५० स्थान धेरै हो। यूकेको इतिहासमा झण्डै एक सय वर्षमा पहिलोपटक डिसेम्बर महिनामा आमनिर्वाचन भएको हो।

यूरोपेली सङ्घ (ईयू)बाट ब्रिटेन बाहिरिने विषय यो निर्वाचनको एक प्रमुख मुद्दा बनेको छ। लेबर पार्टीले १९१ सिट, लिबरल डेमोक्र्याटले १३ र स्कटिश न्याश्नल पार्टीले ५५ सिट जित्ने मत सर्वेक्षणले देखाएका छन्।

उक्त सर्वेक्षणले ब्रेक्जिट पार्टीले कुनै सिट नजित्ने र ग्रिन पार्टीले एक सिट जित्न सक्ने देखाएको छ। सर्वेक्षणहरूका अनुसार कन्जर्भेटिभ पार्टीले सन् १९८७ यताकै सबैभन्दा ठूलो जित हासिल गर्ने देखिएको छ।

यदि त्यसो भएमा त्यो लेबरहरूका लागि सन् १९३५ यताकै सबैभन्दा कमजोर पराजय हुनेछ। लेबरहरूले यस चुनावमा ७१ सिट गुमाउने देखिएको छ। अन्तिम नतिजाका लागि भने शुक्रवार मध्यान्हसम्म कुर्नुपर्नेछ।

यस चुनावमा बोरिश जोनशनले आफूले बहुमत पाएमा सन् २०२० को ३१ ज्यानुअरीभित्र यूकेलाई ईयुबाट बर्हिगमन गराउने वाचा गरेका थिए।

उनका मुख्य प्रतिस्पर्धी लेबर नेता जेरेमी कोर्बिनले चाहिँ ईयूमै रहने कि नयाँ सम्झौतामार्फत् बाहिरिने भन्ने विकल्प अर्को जनमत सङ्ग्रहमार्फत् दिने बताएका थिए।

यो पाँच वर्षभन्दा कम समयमा ब्रिटेनमा भएको तेस्रो आमनिर्वाचन हो। पछिल्ला वर्षमा एक्जिट पोलका नतिजाहरू निकै मिलेका पाइएका छन्।

सन् २०१७ मा त्यसले चुनावमा कसैले पूर्ण बहुमत ल्याउन नसक्ने प्रक्षेपण गरेको थियो। सन् २०१५ मा कन्जर्भेटिभहरू सबैभन्दा ठूलो दल हुने नतिजा देखा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघ महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गरेका छन् ।

फ्रान्समा एकैदिन ४ लाख ६४ हजारलाई कोरोना सङ्क्रमण

फ्रान्समा एकैदिन ठूलो संख्यामा कोरोना सङ्क्रमित भेटिएका छन् । पछिल्लो केही दिनयता युरोपेली

दक्षिण अफ्रिकाको चिडियाखानामा रहेका सिंह र प्युमामा कोभिड संक्रमण पुष्टि

दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा कोरोनाभाइरस पुष्टि भएको छ । अध्ययनपछि

टोङ्गामा राहत पुर्याउने प्रयास गरिँदै

टोङ्गामा शनिबारको ज्वालामुखी विस्फोटनपछि सिर्जित अवस्थामा अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट