न्यूजील्यान्डमा ज्वालामुखीको त्रासका कारण खोजीकार्य प्रभावित



न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ।

ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे।

हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका छन्। उनीहरूको मृत्यु भइसकेको ठानिएको छ।

उद्धार गरिएकामध्ये २५ जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूले बुधवार टापुमा सम्पर्कविहीन भएका मानिसहरुखो खोजी गरी यदि मृत्यु भइसकेको भए तिनको शव सङ्कलन गरी बाहिर लैजाने आशा राखेका थिए।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भनिन्, “मैले खोजकार्यमा संलग्न व्यक्तिहरूसँग कुरा गरेकी छु। उनीहरू खोजी गरिसक्न निकै आतुर छन्।”

तर सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको प्रहरीले बताएको छ।

“बिहान चार बजेदेखि त्यहाँ ज्वालामुखीका कारण कम्पन निकै बढेको छ,” बुधवार एक विज्ञप्तिमार्फत् भौगर्भिक निकाय जियोनेटले जनाएको छ।

“अब के होला भन्ने एकदम अनिश्चयपूर्ण छ। अबको २४ घण्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि छ,” उसले भनेको छ।

खोजकार्यमा संलग्न एक स्वास्थ्यकर्मीले उनले सो टापुमा देखेको दृश्य आफूले हेरेको ‘चेर्नोबिल’ नामक वृत्तचित्रमा देखेको जस्तै लागेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियाली सेनाको कारबाहीमा कम्तीमा ४० बन्दुकधारीको मृत्यु

नाइजेरियाली सेनाले पछिल्लो दुई सातामा गरेको कारबाहीमा ४० जना बन्दुकधारी मारिएको एक सैनिक

फ्रान्समा भएको विरोध प्रदर्शनका कारण बेलायतका राजा चाल्र्सको फ्रान्स भ्रमण स्थगित

अलोकप्रिय पेन्सन सुधारलाई लिएर केही दिनयता जारी अशान्तिका कारण फ्रान्सका राजा चाल्र्स तृतीयको

लेबनानलाई वित्तीय सुधारलाई तीव्रता दिन आईएमएफको आग्रह

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले वित्तीय सुधारको कार्यान्वयनलाई तीव्रता दिन लेबनानलाई निर्देशन दिएको

राहुल गान्धीको सांसद पद खारेज

भारतमा कंग्रेस नेता राहुल गान्धीको लोकसभाको सदस्यको पद खारेज गरिएको छ । लोकसभा