न्यूजील्यान्डमा ज्वालामुखीको त्रासका कारण खोजीकार्य प्रभावित



न्यूजील्यान्डको ह्वाईट आईल्यान्डको ज्वालामुखी क्षेत्रमा थप भौगर्भिक सक्रियता देखिएकाले खोजकार्य स्थगित गरिएको छ।

ह्वकारी भनेर पनि चिनिने सो ज्वालामुखी सोमवार विस्फोट भएको थियो। त्यतिखेर दर्जनौँ पर्यटक सो टापुमा थिए। तीमध्ये केहीको उद्धार गरियो भने केही मृत फेला परे।

हालसम्म छ व्यक्तिको ज्यान गइसकेको पुष्टि भएको छ। अन्य आठ जना अझै हराइरहेका छन्। उनीहरूको मृत्यु भइसकेको ठानिएको छ।

उद्धार गरिएकामध्ये २५ जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूले बुधवार टापुमा सम्पर्कविहीन भएका मानिसहरुखो खोजी गरी यदि मृत्यु भइसकेको भए तिनको शव सङ्कलन गरी बाहिर लैजाने आशा राखेका थिए।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले भनिन्, “मैले खोजकार्यमा संलग्न व्यक्तिहरूसँग कुरा गरेकी छु। उनीहरू खोजी गरिसक्न निकै आतुर छन्।”

तर सो टापुमा देखिएको पछिल्लो भौगर्भिक सक्रियताका कारण उद्धारकार्य स्थगित गर्नुको विकल्प नभएको प्रहरीले बताएको छ।

“बिहान चार बजेदेखि त्यहाँ ज्वालामुखीका कारण कम्पन निकै बढेको छ,” बुधवार एक विज्ञप्तिमार्फत् भौगर्भिक निकाय जियोनेटले जनाएको छ।

“अब के होला भन्ने एकदम अनिश्चयपूर्ण छ। अबको २४ घण्टामा अर्को ज्वालामुखी विस्फोट हुने सम्भावना पनि छ,” उसले भनेको छ।

खोजकार्यमा संलग्न एक स्वास्थ्यकर्मीले उनले सो टापुमा देखेको दृश्य आफूले हेरेको ‘चेर्नोबिल’ नामक वृत्तचित्रमा देखेको जस्तै लागेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानडाका प्रधानमन्त्री ट्रुडोले यसै साता राजीनामा दिने

ओटावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो लिबरल पार्टीभित्र बढ्दो असहमतिका कारण यसै

दक्षिण कोरियाका अनुसन्धानकर्ताद्वारा युनलाई पक्राउ गर्न प्रहरीसँग आग्रह

सियोल । दक्षिण कोरियाली भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूले महाभियोग लागेका राष्ट्रपति युन सुक योललाई

छिट्टै गाजा युद्धविराम हुनेमा ब्लिन्केन ‘विश्वस्त’

सियोल ।  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजामा छिट्टै युद्धविराम हुने विश्वास व्यक्त गरेका

हिम आँधीका कारण अमेरिकाका ३० राज्यका ६ करोड मानिस प्रभावित

बीबीसी । अमेरिकामा आएको भीषण हिम आँधीका कारण करिब ६ करोड मानिस प्रभावित