अमेरिका, मेक्सिको र क्यानडाद्वारा यूएसएमसीए व्यापार सम्झौतामा हस्ताक्षर



अमेरिका, मेक्सिको र क्यानडाले दुई वर्षको कठिन वार्तापश्चात् संशोधित यूएसएमसीए भनिने व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौताले २५ वर्ष पुरानो नाफ्टा भनिने उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई विस्थापित गर्नेछ।

मेक्सिको सिटीमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै मेक्सिकोका राष्ट्रपति आन्द्रेज म्यानुएल लोपेज अब्राडोरले नयाँ सम्झौता तीनवटै देशका कामदारहरूका लागि उचित भएको र त्यसले आप्रवासनको समस्या हल गर्ने बताए।

बीबीसी संवाददाता विल ग्रान्टका अनुसार नाफ्टाको साटो नयाँ व्यापार सम्झौताको विषय अमेरिकी राष्ट्रपति ट्रम्पको सन् २०१६ को निर्वाचनका बेला एउटा प्रमुख एजेन्डा थियो।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाइजरले तीन देशबीचको सहकार्य एउटा चमत्कार भएको बताए। देशभित्रै पनि राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याटहरूसँग उक्त नयाँ सम्झौताका विशेषत: पर्यावरण र श्रमिकसम्बन्धी प्रावधानबारे सहमति गरेको देखिन्छ।

अब उक्त सम्झौता अमेरिकी संसद्का दुवै सदनमा अनुमोदनका निम्ति प्रस्तुत गरिनेछ। ती काम सम्भवत: यसै वर्षभित्र भइसक्ने ठानिएको छ।

अमेरिकामा नयाँ सम्झौतामा ह्वाइट हाउसले श्रमिक तथा वातावरणसम्बन्धी प्रावधान परिवर्तन गर्न सहमति जनाएपछि विपक्षी डेमोक्र्याटहरूले पनि त्यसको समर्थन गरेका थिए। उक्त समर्थन प्राप्त भएको केही घण्टामै हस्ताक्षर सम्पन्न भएको थियो।

तीन देशले एक वर्षभन्दा अगावै आफ्ना व्यापार वार्ता टुङ्ग्याएको बताएका थिए।

अमेरिकामा प्रतिनिधिसभाकी सभामुख तथा वरिष्ठ डेमोक्र्याट नेता न्यान्सी पेलोसीले नयाँ सम्झौता गत वर्ष घोषणा गरिएको सम्झौताभन्दा धेरै राम्रो भएको प्रतिक्रिया दिएकी छन्।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानताका ट्रम्पले नाफ्टालाई विस्थापित गर्ने वाचा गरेका थिए। नाफ्टाका कारण अमेरिकी उत्पादन क्षेत्र मारमा परेको उनी तथा कैयौँ डेमोक्र्याटहरूको बुझाइ थियो।

सन् २०१७ मा तीनै देशले नयाँ सम्झौताका लागि वार्ता थालेका थिए। उनीहरूले गत वर्ष नै नयाँ सम्झौताका मुख्य आधार तय गरे। तीमध्ये सबभन्दा चर्चित चाहिँ सो क्षेत्रमा कुनै पनि गाडीको विक्रीवितरण गर्दा ‘विनाशुल्क’ व्यवहार पाउन उत्तर अमेरिकामै निर्माण भएका पार्टपुर्जाको अंश धेरै हुनुपर्ने प्रावधान थियो।

प्रतिनिधिसभामा नियन्त्रण जमाएका डेमोक्र्याटहरूले पनि श्रमिक तथा वातावरणसम्बन्धी नियमको कडाइका साथ पालना गरिनुपर्ने माग गरिरहेका थिए। साथै उनीहरूले औषधिको मूल्य नियन्त्रणमा लचकता चाहेका थिए।

अमेरिकी व्यापार समुदायले नयाँ सम्झौताको समाचारलाई राहतको रूपमा लिएका छन् र चाँडै त्यसको अनुमोदनको आग्रह गरेका छन्। क्यानडा र मेक्सिको अमेरिकाका दुई सबभन्दा ठूला व्यापार साझेदार हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्प

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी

इरानको प्रमुख बन्दरगाहमा विस्फोट, चार जनाको मृत्यु, सयौं घाइते

तेहरान । इरानको दक्षिणी भागमा रहेको शाहिद राजाीमा बन्दरगाहमा भएको एक शक्तिशाली विस्फोटका

गाजामा पाँच वर्षे युद्धविरामका लागि सबै बन्धकको रिहा गर्ने हमासको प्रस्ताव

कायरो । गाजामा जारी युद्ध अन्त्यका लागि हमासले सबै बन्धकलाई रिहा गर्ने र

पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागिताका लागि विश्वभरिका नेता तथा शुभेच्छुक भ्याटिकनमा भेला

भ्याटिकन सिटी । क्याथोलिक चर्चका प्रथम ल्याटिन अमेरिकी नागरिक तथा गरिब पक्षधर क्रिश्चियन