भारतमा नागरिकता सम्बन्धी ‘विवादास्पद’ विधेयक तल्लो सदनबाट पारित



भारतमा छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक धरातलमा नागरिकता दिनसकिने एउटा विवादास्पद विधेयकलाई त्यहाँको संसदको तल्लो सदनले पारित गरेको छ।

लोकसभामा सोमवार राति भएको मतदानमा उक्त नागरिकता संशोधन विधेयकको पक्षमा ३११ र विपक्षमा ८० मत खसेको थियो।

उक्त विवादास्पद विधेयकले पाकिस्तान, बाङ्लादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसङ्ख्यकहरूलाई नागरिकता दिन खोजेको छ।

सत्ताधारी भारतीय जनता पार्टी (भाजपा)ले भनेको छ: धार्मिक हिंसाका कारण भाग्नुपर्ने अवस्था भोगेकालाई यसले संरक्षण दिनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस कदमलाई—सबैलाई मिलाएर राख्ने र मानवीय मूल्यले भरिएको भारतको शताब्दियौँ पुरानो परम्परा अनुरूप भनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्पले नयाँ दल नखोल्ने, राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफू सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा आफ्नै पार्टीबाट

म्यान्मारमा सैनिक कू पछि पहिलो पटक देखिइन् सूकी

म्यान्मारमा सैनिक कू भएको एक महिनापछि पहिलो पटक नेत्री आङ सान सूकी देखिएकी

इटलीमा दुई हजार वर्ष पुरानो रथ फेला

पुरातत्वविद्ले प्राचीन रोमको पोम्पेई नगरनजिक फेला पारेको विशेष समारोहमा प्रयोग गरिने एउटा रथ

मोदीले लगाए कोभिडविरुद्धको खोप

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले सोमबार बिहान