दुर्लभ सुमात्रन बाघका चारवटा भ्रूणसहित सिकारी पक्राउ



इन्डोनेशियामा दुर्लभ सुमात्रन प्रजातिको बाघको छाला र चारवटा भ्रूणसहित पाँच व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार छाला वयस्क बाघको हो। फेला परेका भ्रूणहरू एउटा सिसाको भाँडोमा थिए।

सुमात्रन प्रजातिका बाघलाई अतिसङ्कटापन्न मानिन्छ। प्राकृतिक वासस्थानमा तिनको सङ्ख्या ४०० वटाभन्दा कम भएको अनुमान गरिएको छ।

ती भ्रूण छाला काढिएकी बघिनीकै हुन् कि हैनन्, त्यो भने स्पष्ट भएको छैन। जन्मिँदा बाघका डमरूको आँखा खुलेको हुँदैन र केही महिनासम्म ती पूर्णत: माउको भर पर्छन्।

इन्डोनेशियाको पर्यावरण र वन मन्त्रालयका एक अधिकारीका अनुसार एउटा सुराकका आधारमा ती सन्दिग्ध व्यक्तिहरूलाई पक्राउ गरिएको थियो।

तीमध्ये दुई जनाले बाघका भ्रूण र छाला बेच्न खोजेको बताइएको छ। दोषी प्रमाणित भए उनीहरूलाई पाँच वर्ष कारागार र १० करोड इन्डोनेशियाली रुपिया (झन्डै ७१०० अमेरिकी डलर) दण्ड हुन सक्छ।

सुन्डा उपजातिको उक्त बाघ कुनै बेला इन्डोनेशियाका जाभा, बाली र सुमात्रा द्वीपमा विचरण गर्थे। अहिले ती सुमात्रामा सीमित छन्।

बढ्दो वनविनाश र अवैध सिकारका कारण उक्त वन्यजीव जाभा र बालीमा पाइने बाघजस्तै लोप हुन सक्ने खतरा भएको विश्व वन्यजन्तु कोष (डब्ल्यूडब्ल्यूएफ) ले जनाएको छ।

वन्यजन्तु व्यापारको निगरानी गर्ने ट्राफिक नामक सञ्जालका अनुसार सुमात्रन बाघमा हुने मृत्युको कारणमा ८० प्रतिशत व्यापारका लागि गरिने अवैध सिकार जिम्मेदार छ। अर्थात् प्रत्येक वर्ष ४० वटा बाघको सिकार भइरहेको छ।

चीन तथा एशियाका केही भागमा बाघको हड्डी र अन्य अङ्गको औषधीय महत्त्व भएको परम्परागत मान्यता छ। त्यसले बाघको अवैध सिकारलाई प्रोत्साहन गरेको बताइन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट