न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट, कम्तीमा २० घाइते



न्यूजील्यान्डमा भएको एउटा ज्वालामुखी विस्फोटमा झन्डै २० जना मानिस घाइते भएका र अन्य केही सम्पर्कविहीन भएको जनाइएको छ।

उद्धारकर्मीहरूका अनुसार घाइतेमध्ये केही गम्भीर अवस्थामा छन्। देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक टापुमा ज्वालामुखी विस्फोट भएको हो। घाइतेहरूको शरीर पोलेको छ।

न्यूजील्यान्डको क्रूज असोसिएशनका अनुसार एउटा पर्यटक बोकेको डुङ्गा पनि प्रभावित भएको छ। उद्धारकार्यका लागि नजिकैको ह्वकाताने नगरमा उद्धारकर्मीहरू परिचालित गरिएको छ।

विस्फोट भएको समयमा उक्त ह्वाईट आईल्यान्डमा दर्जनौँ मानिसहरू रहेको बताइएको छ। सन् २००१ यता त्यहाँ भएको यो पहिलो ज्वालामुखी विस्फोट हो।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले सो घटनालाई निकै ठूलो भनेकी छन्। उद्धार निकायले वरपरको क्षेत्र जोखिमपूर्ण भएको जनाएको छ। माछा मार्ने व्यवसायमा संलग्न एक स्थानीयवासीले विस्फोटपछि सो क्षेत्रमा च्याउजस्तो आकारमा विशाल धूँवाको मुस्लो देखिएको बताए।

विस्फोट हुनुभन्दा केही क्षण अगाडि ह्वाईट आईलयान्डको क्रेटरको घेरा छेउछाउमा पर्यटकहरू घुमिरहेको देखिन्थ्यो। सक्रिय ज्वालामुखी रहेको भए पनि ह्वाईट आईल्यान्ड पर्यटकीय स्थल हो। त्यहाँ दैनिक पर्यटकीय भ्रमण कार्यक्रम एवं हवाई भ्रमण हुने गर्छन्।

ज्वालामुखी क्षेत्रको प्रत्यक्ष भिडिओ फीडमा सो क्षेत्रमा पर्यटकहरूको समूह डुलिरहेको र एक्कासि विस्फोट भएपछि फीड रोकिएर अन्धकार भएको देखिन्छ।

“सुरुमा त्यहाँ झन्डै १०० जना मानिस रहेको ठानिए पनि अहिले हामीले त्यहाँ विस्फोटको समयमा झन्डै ५० जना रहेको विश्वास गरेका छौँ,” प्रहरीले भनेको छ।

“केहीलाई उद्धार गरेर तटमा ल्याइएको छ। तर अझै पनि केही चाहिँ टापुमै रहेका र सम्पर्कविहीन भएका छन्,” प्रहरीले जनाएको छ।

स्थानीय समयानुसार दिउँसो २:११ बजे विस्फोट भएको थियो। ह्वाईट आईल्यान्डमा विगतमा पनि कैयौँ ज्वालामुखी विस्फोटका घटना भएका छन्। तर मानिसहरू सोही क्षेत्रमा रहेका बेला भने यसअघि विस्फोट भएको थिएन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थप

बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ महिना थप गरेको छ

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज,

नोबेल पुरस्कार विजेता अर्थशास्त्री डानियलको निधन

नोबेल पुरस्कार विजेता डानियल कान्हेम्यानको ९० वर्षको उमेरमा निधन भएको छ । व्यवहारिक

प्रतिस्पर्धाको अभावले अष्ट्रेलियाको जीवनस्तर तथा उत्पादकत्वमा गिरावट

निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अस्ट्रेलियालीहरूको जीवनस्तर खतरामा परेको संसदीय एक अनुसन्धानले चेतावनी