उत्तर कोरियाले गर्यो अति महत्त्वपूर्ण परीक्षण



उत्तर कोरियाले स्याटेलाइट प्रक्षेपण स्थलमा “अति महत्त्वपूर्ण परीक्षण” गरेको बताएको छ।

उत्तर कोरियाली केसीएनए समाचार एजेन्सीले परीक्षण परिणामलाई मुलुकको रणनीतिक अवस्थितिलाई प्रवर्धन गर्न प्रयोग गरिने जनाएको छ। समाचार एजेन्सीले विस्तृत विवरण दिएको छैन।

विश्लेषकहरूको विश्वास छ- त्यो जमिनमा आधारित स्याटेलाइट प्रक्षेपणलाई शक्ति प्रदान गर्ने इन्जिनको परीक्षण हुन सक्छ वा अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हुन सक्छ। प्योङयाङले अमेरिकासँग थप कुराकानी गर्ने द्वार बन्द गरेको जस्तो देखिएका बेला यो परीक्षण भएको छ।

“हामीलाई अब अमेरिकासँग लामो कुराकानी गर्न आवश्यक छैन, र आणविक निरस्त्रीकरण सहमतिको टेबलबाट बाहिरिइसकेको छ,” संयुक्त राष्ट्र सङ्घका लागि उत्तर कोरियाली दूत किम सङले शनिवार एक विज्ञप्ति जारी गर्दै बताएका थिए।

उत्तर कोरियाले सार्थक रूपमा नाकाबन्दी खुकुलो पार्नेसहित नयाँ निरस्त्रीकरण सम्झौताको प्रस्ताव तयार पार्न अमेरिकाका लागि यो वर्षको अन्त्यसम्मको समयसीमा तोकेको थियो।

शनिवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अझै पनि आफूले सहमतिमा पुग्ने आशा गरेको बताएका थिए।

ट्रम्पले सन् २०१८मा उनले अख्तियार गरेको उनको विदेश नीति एजेन्डा बमोजिम उत्तर कोरियालाई मनाउन उसको पछि लागिरहे पनि, किम जङ अनसँग दुईपटक शिखर वार्ता गरेपनि र ट्रम्प उत्तर कोरियाली भूमिमै पुगेको भएपनि निरस्त्रीकरणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुन सकेको छैन ।

पछिल्लो परीक्षण सोहाए स्याटेलाइट प्रक्षेपण स्थलमा गरिएको थियो जुन किमले बन्द गर्ने प्रतिबद्धता व्यक्त गरेको अमेरिकाले एकपटक जनाएको थियो।

“पछिल्लो महत्त्वपूर्ण परीक्षणको परिणामले निकट भविष्यमै उत्तर कोरियाको बदलिँदो रणनीतिक अवस्थितिमा महत्त्वपूर्ण प्रभाव पार्ने छ,” केसीएनएले भनेको छ।

उसको आणविक र क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्र सङ्घ र अन्यको नाकाबन्दी सामना गरिरहेको भएपनि यो वर्षको सुरुतिर उत्तर कोरियाले उसको छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने काम पुन: सुरु गरेको थियो।

र यो हप्ताको सुरुमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाविरुद्ध सेना प्रयोग गर्ने अधिकार अमेरिकासँग रहेको भनाइ सार्वजनिक गरेपछि उत्तर कोरियाले एक वर्षभन्दा बढी समयपछि राष्ट्रपति ट्रम्पविरुद्ध मौखिक आक्रमण गरेको थियो।

विश्लेषकहरूको विश्वास छ, उत्तर कोरियाले अमेरिकाबाट केही सुविधाहरू पाएन भने उसले अन्तरिक्ष स्याटेलाइट प्रक्षेपण गर्नेछ। यसले अर्कालाई उत्तेजित पार्ने लामो दूरीको ब्यालिष्टिक क्षेप्यात्र प्रक्षेपण भन्दा कम उत्तेजित पार्ने उसको रकेट क्षमता प्रदर्शन गर्न बाटो खुला हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८