चीनको विदेशी मुद्रा सञ्चिती ३० खर्ब ९५ अर्ब अमेरिकी डलर



चीनको विदेशी मुद्रा सञ्चिती यसै वर्षको नोभेम्बर महिनाको अन्त्यसम्ममा ३० खर्ब ९५ अर्ब अमेरिकी डलर पुगेको छ । शनिबार सार्वजनिक गरिएको सरकारी तथ्याँकमा यसै वर्षको जनवरीदेखि यस्तो सञ्चितीमा २२ अर्ब ९० करोड डलरले वृद्धि भएको अर्थात् शून्य दशमलब ७ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।

चिनियाँ विदेशी मुद्रा व्यवस्थापन विभाग (सेफ) का प्रवक्ता वाङ चुनयिङले विदेशी मुद्रा भण्डारमा विनिमय दर र सम्पत्तिको मूल्यमा हुने परिवर्तन समेतका कारणबाट प्रभावित हुने बताए ।

विश्वको आर्थिक वृद्धि, मौद्रिक नीतिका प्रक्षेपण र विश्व व्यापार समेतका कारणले अमेरिकी डलरको सूचकाँकमा वृद्धि भएको तथा प्रमुख अर्थतन्त्र भएका मुलुकको बन्डको मूल्यमा गिरावट आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ को मृत्यु

किभ (युक्रेन) । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी

राष्ट्रसङ्घद्वारा प्यालेस्टाइनी क्षेत्रका लागि २.८ अर्ब डलरको फ्ल्यास अपील सार्वजनिक

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्टसङ्घीय कार्यालय (युएनओसिचएचए) ले प्यालेस्टिनी क्षेत्रका लागि २.८२२

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा बढेर ३.८