इरान र अमेरिकाबीच बन्दी साटासाट



संयुक्तराज्य अमेरिकामा गिरफ्तार गरिएका एक इरानी वैज्ञानिक तथा इरानले पक्राउ गरेका एक अमेरिकी अनुसन्धाता मुक्त भएका छन् । दुबै देशबीचको तनाब चरम स्थितिमा पुगे पनि दुबै देशले एकअर्का मुलुकका नागरिकलाई मुक्त गरिएको बताएका छन् ।

इरान सरकारले अमेरिकाले आफ्ना नागरिक एवं वैज्ञानिक मसुद सोलेमानीलाई मुक्त गरेलगत्तै इरानमा गिरफ्तार गरिएका अमेरिकी अनुसन्धाता झियू वाङलाई मुक्त गरिएको जनाएको छ ।

इरानी विदेश मन्त्री मोहम्मद जावाद जरिफले ट्वीट गर्दै प्राध्यापक मसुद र झियू दुवै मुक्त भएकामा खुशी लागेको बताएका छन् । इरानी सरकारी समाचार संस्था इर्नाले मसुदलाई अमेरिकाले एक वर्षको गैरकानुनी नजरबन्द पुग्नै लाग्दा छाडेको जनाएको छ ।

ती इरानी प्राध्यापकलाई स्वीट्जरल्याण्डमा इरानी अधिकारीहरु समक्ष हस्तान्तरण गरिएको थियो । अमेरिकाको प्रिन्स्टन विश्वविद्यालयमा इतिहास विषयका प्राध्यापक झियू इरानी कजार वंश परम्पराको अनुसन्धानका क्रममा सन् २०१६ मा पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही