करोडौँ डलर चोर्ने दुई रुसी ह्याकरलाई अमेरिकामा मुद्दा



अमेरिकी अधिकारीहरूले ईभल कोर्प नामक विश्वव्यापी साइबर अपराध सञ्जाल चलाएको आरोपमा दुई रुसी नागरिकविरुद्ध मुद्दा दर्ता गरेका छन्।

फरार रहेका माक्सिम याकुबेट्स र इगोर टुरासेभमाथि कम्प्युटर भाइरस प्रयोग गरेर संसारका ४० देशबाट अर्बौँ रुपैयाँ चोरेको आरोप लगाइएको छ।

उनीहरूले पैसा चोरेका संस्थाहरूमा विद्यालय र धार्मिक प्रतिष्ठानहरू पनि छन्। अमेरिकी अधिकारीहरूले याकुबेट्स रुसी जासुसी संस्थाका लागि काम गर्ने आरोप लगाएका छन्।

पत्रकार सम्मेलनमा अमेरिकी सहायक महान्यायाधिवक्ता ब्रायन बेन्च्कोस्कीले उनीहरूको अपराध गएको दशककै सबैभन्दा नराम्रो कम्प्युटर ह्याकिङ घटना भएको बताए। याकुबेट्सले मस्कोमा भएको सञ्जालको नेतृत्व गरेको र टरासेभले सो सञ्जाल सञ्चालन गरेको आरोप लगाइएको छ।

ती दुवै जना रुसमा रहेको बताइएको छ। अमेरिकाको एफबीआई, ब्रिटेनको न्याश्नल क्राइम एजेन्सी एनसीए र साइबर सेक्युरिटीले वर्षौँ लगाएर गरेको अनुसन्धानपछि बिहीवारको मुद्दा दर्ता भएको हो।

अमेरिकी अधिकारीहरूले ईभल कोर्पले ड्रिडेक्स नामक मालवेअर प्रयोग गरेर कम्तीमा ११ अर्ब रुपैयाँ चोरेको बताएका छन्। सो मालवेअर इमेलमार्फत् फैलाइएको बताइएको छ।

इमेलमा पठाइएको लिङ्क खोल्न खोज्दा सो मालवेअर कम्प्युटरमा बस्ने र त्यहाँबाट व्यक्तिगत ब्याङ्क खाताका जानकारी चोर्ने बताइएको छ। त्यसरी प्राप्त खाताका जानकारीबाट पैसा सारिने र ईभल कोर्पका सदस्यहरूले हात पार्ने गर्थे।

अमेरिकी अधिकारीहरूले याकुबेट्सले अर्को यस्तै खाले मालवेअरमार्फत् झन्डै सात सात करोड डलर चोरेको आरोप पनि लगाएका छन्। एनसीएले याकुबेट्सले विवाहमा दुई लाख पचास हजार अमेरिकी डलर खर्च गरेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले याकुबेट्सले सन् २०१७ देखि इन्टरनेटमार्फत् गोप्य विवरण चोर्न रुसलाई सघाएको छुट्टै आरोप पनि लगाएका छन्।अमेरिकाले उनीहरूबारे जानकारी दिए ५५ लाख रुपैयाँ बराबरको पुरस्कार दिने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तान्जानियामा बाढीमा परी कम्तीमा एकसय ५५ जनाको मृत्यु

तान्जानियामा मुसलधारे वर्षापछि आएको बाढीमा परी कम्तीमाा १५५ जनाको मृत्यु भएको छ । बर्षाका

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

  केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको स्तर आपतकालीन अवस्थाबाट

दक्षिण कोरियाद्वारा पहिलो नानोस्याटेलाइट प्रक्षेपण

    सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको

जलवायु परिवर्तनले अफ्रिकामा निमूल भएन मलेरिया

  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि जलवायु परिवर्तनले केही