अब ट्रम्पविरुद्धको महाभियोग सभामुखले अघि बढाउने



अमेरिकामा संसदको तल्लो सदन प्रतिनिधिसभाकी सभामुख एवं विपक्षी दलकी वरिष्ठ नेता न्यान्सी पेलोसीले राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध शक्तिको दुरुपयोगको आरोपमा महाभियोग लगाइने बताएकी छन्।

राष्ट्रपति ट्रम्पले चाहिँ आरोप गलत भन्दै बरु चाँडो यो प्रक्रिया टुँग्याएर देशका मुद्दामा केन्द्रीत हुन आग्रह गरे। पेलोसीले अमेरिकाको प्रजातन्त्र दाउमा परेको भन्दै राष्ट्रपतिले अन्य विकल्प आफ्ना सामु नछाडेको बताइन्।

ट्रम्पले चाहिँ डेमोक्र्याट नेताहरूको सन्तुलन गुमेको भन्दै यदि महाभियोग लगाउने हो भने प्रक्रिया चाँडो थाल्न आह्वान गरे। डेमोक्र्याटहरूको आरोप छ राष्ट्रपति ट्रम्पले यूक्रेनलाई दिइने सैन्य सहयोगलाई घरेलु राजनीतिक मुद्दासँग जोडिदिए।

सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा आफ्नो प्रतिद्वन्द्वी हुन सक्ने जो बाइडनविरुद्ध भ्रस्टाचारको अनुसन्धान गरेमात्र यूक्रेनलाई सहयोग दिने भनी ट्रम्पले पदको दुरुपयोग गरेको आरोप उनीहरूको छ।

पत्रकार सम्मेलनमा बोल्दै पेलोसीले भनिन्, “तथ्यहरू अकाट्य छन्। राष्ट्रपतिले आफ्नो राजनीतिक फाइदाका निम्ति शक्तिको दुरुपयोग गरेर राष्ट्रिय सुरक्षा दाउमा पारे।”

उनले महाभियोगका औपचारिक अभियोगका धारा मस्यौदा गरेर अघि बढ्न सदनका समितिका अध्यक्षहरूलाई बताएकी छन्। प्रतिनिधिसभामा महाभियोगमाथिको मतदान यो वर्षभित्रै हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

शाही मानहानिको आरोपमा थाई लोकतन्त्र समर्थकलाई तीनवर्षको कारागार सजाय

थाइल्यान्डको एक अदालतले बुधबार शाही मानहानिको आरोपमा एक प्रख्यात लोकतन्त्र समर्थक कार्यकर्तालाई तीन

म्यान्मामा ३० लाख नागरिक विस्थापित

  म्यान्मामा विस्थापित व्यक्तिहरूको सङ्ख्या तीस लाख पुगेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।