अदालत जाँदै गर्दा भारतमा ‘बलात्कृत’ महिलालाई आगो लगाइयो



एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सङ्घर्ष गरिरहेकी छन्।

उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुई जनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन्।

आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ। एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई सो घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई पक्राउ गरिएको बताएका छन्।

पक्राउ गरिएकामध्ये एकजना केही महिना अगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन्। स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेका र नजिकैको खेतमा तानेर लगेका थिए। उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभरि विरोध भइरहेको छ।

केहि दिनअघि मात्रै भारतमा दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको थियो। गत बुधवार साँझ स्थानीय समय ६ बजेतिर ती महिला आफ्नो स्कूटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन्।

पछि उनले आफ्नो स्कूटर पन्चर भएको, र एक ट्रक ड्राइभर मद्दत गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन्।

त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भए। बिहीवार बिहान उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुन्तिर एक दूध व्यापारीले भेटेका थिए।

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन्।

तर त्यस्ता हिंसाका घटना कम भएका सङ्केत देखा परेका छैनन्। अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभरि प्रहरीले ३३,६५८ बलात्कारको घटना – अर्थात् प्रतिदिन ९२ – रेकर्ड गरिएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ

बेलायतले शरणार्थीलाई अब सैन्य अखडामा राख्ने

बेलायतले शरणार्थीलाई अस्थायी रूपमा अप्रयुक्त सैन्य अखडामा राख्ने बताएको छ । होटलको बिल

आणविक हतियारको संख्यामा बृद्धि

एक नयाँ प्रतिवेदनले सन् २०२२ मा रूस र चीनद्वारा सञ्चालित आणविक हतियारको सङ्ख््यामा

‘कृत्रिम बौद्धिकताको व्यापकता’ रोक्न मस्कको आग्रह

अर्बपति एलन मस्क र केही विज्ञहरूले शक्तिशाली ‘कृत्रिम बौद्धिकता (एआई) को व्यापकता’ को