मानवतस्करी गर्न ‘रुस र फिनल्यान्डको नक्कली सीमा’



रुसमा एक व्यक्तिलाई नक्कली सीमा चौकी बनाएर मानवतस्करी गर्न खोजेको आरोपमा पक्राउ गरिएको छ। चार आप्रवासीलाई फिनल्यान्ड पुगेको आभास गराउन उनले नक्कली चौकी बनाएको बताइएको छ। त्यहाँ पुगेपछि ती चार जनाले आफू युरोपेली सङ्घअन्तर्गत रहेको देश फिनल्यान्ड आइपुगेको भन्ठानेका थिए।

तर उनीहरूलाई सीमावर्ती भीबोर्ग नगरस्थित दलदल भएको एउटा जङ्गलमा छोडेर ती व्यक्ति एक्लै हिँडेका थिए। रुस र फिनल्यान्डबीच १,३४० किलोमिटर लामो सीमा छ।

फिनल्यान्ड जान खोज्ने आप्रवासीहरू दक्षिण एशियाली भएको बुझिएको छ। तर उनीहरू कुन देशका नागरिक हुन् त्यो खुलाइएको छैन।

रुसी सुरक्षाकर्मीले फेला पारेपछि ती चार आप्रवासीले बल्ल आफू अझै रुसी भूमिमै भएको थाहा पाए। ती सन्दिग्ध मानवतस्करले प्रत्येक व्यक्तिसँग ११,००० डलरभन्दा बढी रकम लिएको बताइएको छ

रुसी सुरक्षानिकायले चार आप्रवासीसहित उनलाई नोभेम्बर २८ मा नियन्त्रणमा लिएको थियो। बुधवार सेन्ट पिटर्सबर्गको एउटा अदालतले अध्यागमनसम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गर्दै ती चार जनालाई जरिबाना गरेको थियो।

मानवतस्करीको आरोप लागेका व्यक्तिलाई जालसाजीसम्बन्धी गम्भीर अभियोग लगाइएको छ। उनी हिरासतमा छन्। उनको मुद्दामा सुनुवाइ हुन बाँकी नै छ।

रुसी सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ती व्यक्तिहरूलाई पक्राउ गरिएको देखिन्छ। उनीहरूलाई जङ्गलको अँध्यारोमा हात उठाएर उभिएको देखिन्छ। भिडिओमा एफएसबी भनिने सुरक्षा निकायका अधिकारीहरूले उनीहरूमा टर्च बालेर प्रकाश पारिरहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ वैज्ञानिकद्वारा सेलफोन चार्ज गर्न सक्ने पहिरनयोग्य ब्याट्री निर्माण

चिनियाँ वैज्ञानिकहरूको टोलीले ऊर्जा भण्डारण गर्न सक्ने तथा स्मार्टफोन र घडी जस्ता व्यक्तिगत

कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक

विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय

बाढीले अफगानिस्तानमा ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त

  हालैको उच्च वर्षापछिको बाढीले अफगानिस्तानको उरुजगन प्रान्तमा करिब ७० वटा विद्यालय र

उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चर परीक्षणको  निरीक्षण

  उत्तर कोरियाका नेता किम जोङ उनले मल्टिपल रकेट लन्चरको परीक्षणको निरीक्षण गरेका