ट्रम्पले ट्रुडोलाई किन भने द्वैध चरित्रको ?



लण्डनमा भएको उत्तर एटलान्टिक सन्धि संगठन नेटोको बैठकका बेला अन्य नेताहरूसँगको भेटघाटमा क्यानाडाका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिबारे ठट्टा गरेको भिडिओ प्रकाशमा आएलगत्तै डोनल्ड ट्रम्पले जस्टिन ट्रुडोलाई ‘द्वैध चरित्र’को भनिदिएका छन्।

उक्त भिडिओ फुटेजमा ट्रम्पले अचानक आयोजना गरेको प्रेस सम्मेलनबारे ट्रुडो, ब्रिटिश प्रधानमन्त्री बोरिस जन्सन तथा फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँबीच कुराकानी भइरहेको देखिन्छ।

बकिङ्घम दरबारमा आयोजित कार्यक्रमका बेला अचानक आयोजना भएको प्रेस सम्मेलन ४० मिनेटसम्म तन्काएको कारण अन्य कार्यक्रममा ढिलाइ भएको भन्दै ट्रुडोले ट्रम्पबारे ठट्टा गरेको बताइएको छ।

ट्रुडुले अन्य मानिसहरू ढिलो हुनुको कारण ट्रम्पले सो पत्रकार सम्मेलनमा धेरै बोल्नु रहेको बताएको सुनिएको थियो। पछि उनले राष्ट्रपति ट्रम्पको टोली कसरी हैरान भयो भनेका थिए। तर त्यसको सन्दर्भ भने स्पष्ट छैन। उनले त्यस्तो कुराकानी ब्रिटिश, फ्रेन्च र डच नेताहरू अनि राजकुमारी एनीमाझ गरेका थिए। जुन सुनेपछि ती सबै हाँसेका थिए।

लगत्तै ट्रम्पले क्यानाडाले नेटोमा गर्नुपर्ने खर्चको लक्ष्य नपुर्‍याएको भन्दै तीखो आलोचना गरे। साथै उनले ट्रुडोको चरित्रबारे पनि आलोचना गरे।

ट्रम्पले भने: “उनी द्वैध चरित्रका छन्…. मैले उनलाई असल व्यक्ति नै पाएको छु, तर यथार्थ के हो भने मैले उनले रक्षा मामिलालाई दिनुपर्ने २% (राष्ट्रिय जीडीपीको अनुपात) को विषय बताएको थिएँ। शायद त्यसले उनी खुसी थिएनन्।”

पछि पत्रकारहरूसँग बोल्दै ट्रुडोले आफूहरू ट्रम्पको प्रेस सम्मेलनलाई लिएर नहाँसेको बरु ‘जी सेभेन’ समूहको अर्को बैठकस्थललाई लिएर हाँसेको बताए। त्यो बैठक अमेरिकी राष्ट्रपतिको बिदा मनाउने स्थल क्याम्प डेभिडमा हुँदैछ।

नेटोका नेताहरूले एकताको वक्तव्य निकालेका छन् तर संगठनको ७० औँ वार्षिकोत्सवमा आयोजित सम्मेलनमा थुप्रै विवाद पनि देखा परे।

सम्मेलनलगत्तै तय गरिएको प्रेस सम्मेलन भने ट्रम्पले रद्द गरेका थिए। वक्तव्यमा नेटो नेताहरूले भनेका छन्: “सुरक्षित रहन हामीले हाम्रो साझा भविष्य हेर्नुपर्छ।”

साथै, नेटोले चीन तथा रुसले उत्पन्न गराएका चुनौतीको विषय उल्लेख गरेको छ, अनि आतङ्कवादविरुद्ध कडा कारबाहीको वाचा गरेको छ।

२९ सदस्य राष्ट्र भएको नेटोको भविष्य त दुविधा मा छैन, तर यसमा निकै आन्तरिक विवाद र विमति देखा परेका छन्।

टर्कीले उत्तरी सिरियामा हालै गरेको सैन्य कारबाही, सदस्य राष्ट्रहरूले गर्दै आएका सैन्य खर्चको स्तर तथा हालै फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले नेटो ‘मृत मस्तिस्क’ भएको भनी गरेका टिप्पणीले ती विवाद र विमति सतहमा ल्याइदिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफलाई सफाइ

पाकिस्तानको एक उच्च अदालतले गत महिना स्वनिर्वासनबाट फर्केका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफविरुद्ध लगाइएको

युक्रेनमा आँधीका कारण १२ जनाको मृत्यु

युक्रेनको दक्षिणमा यस हप्ताको सुरुमा आएको भीषण मौसमका कारण १२ जनाको मृत्यु भएको

गाजामा मानवीय युद्धविराम थप लम्ब्याइने

प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) र इजरायलबीच जारी मानवीय युद्धविरामको समयावधि थपको घोषणा

गाजामा भोकमरीको सङ्कट उच्च

  गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका