भारतमा विवादास्पद नागरिकता विधेयक स्वीकृत भएको भन्दै विपक्षीको विरोध



भारतीय संघीय मन्त्रिपरिषदले बुधबार नागरिकता (संशोधन) विधेयक स्वीकृत गरेको छ । यस विधेयकमा पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर–मुस्लिम नागरिकलाई नागरिकता दिने प्रावधान समेटिएको छ । प्रस्ताविक विधेयकमा उत्पीडन र अत्याचारको सामना गर्नु परेका गैर–मुस्लिम नागरिकलाई नागरिकता उपलब्ध गराउने व्यवस्था गरिएको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

भारतीय केन्द्रीय मन्त्री प्रकाश जावडेकरले मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै बुधबार बिहान उक्त जानकारी दिएका हुन् । भारतीय लोकसभाको चालू हिउँदे सत्रमा यो विधेयक प्रस्तुत हुनेछ ।

केन्द्रीय गृहमन्त्री अमित शाहले मंगलबार यही विषयमा उत्तरपूर्वी भारतीय राज्यहरु मणिपुर, नागाल्याण्ड र आसामका मुख्यमन्त्री सहित धेरै राजनीतिक नेताहरु र अधिकारकर्मीहरुसँग छलफल गरेका थिए । भारतीय राष्ट्रिय कंग्रेस समेतका विपक्षी दलहरुले उक्त विधेयकको विरोध गरेका छन् । धर्मका आधारमा नागरिकता प्रदान गर्न भारतीय संविधानले नै रोकेको उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नौ हजार कर्मचारी कटौती गर्दै अमेजन

अमेजनले थप नौ हजार कर्मचारीलाई सेवाबाट हटाउने भएको छ । अमेजनका प्रमुख कार्यकारी

बन्दुकधारीको आक्रमणबाट पाकिस्तानमा ११ जनाको मृत्यु

बन्दुकधारीहरुले उत्तरपश्चिम पाकिस्तानमा एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेका प्रहरीले जनाएको

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको

विद्रोहीको आक्रमणबाट कङ्गोमा २१ सर्वसाधारणको मृत्यु

अफ्रिकी देश कङ्गोमा विद्रोही समूहको आक्रमणबाट हप्ता दिनमा कम्तीमा पनि २१ जनाको ज्यान